मंगलबार, फागुन १९, २०८२

४ पटकको विश्वविजेता जर्मनी जापानसँग स्तब्ध

आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा उपाधि जितेको जर्मनी यसअघि विश्वकपको रसिया संस्करणमा पनि समूह चरणबाट बाहिरिएको थियो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एसियाली टिम जापानले जर्मनीलाई २-१ ले हराएको छ। समूह 'ई'अन्तर्गतको पहिलो खेलमा ४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै जापानले जित निकालेको हो।

आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा उपाधि जितेको जर्मनी यसअघि विश्वकपको रसिया संस्करणमा पनि समूह चरणबाट बाहिरिएको थियो।

रसिया विश्वकपमा दक्षिण कोरियाले जर्मनीलाई अन्तिम १६ मा पुग्नबाट रोकेको थियो। अहिले पहिलो खेलमै जापानसँग हारेपछि जर्मनी विश्वकपमा लगातार दुई पटल एसियाली टिमसँग हार बेहोरेको छ।

खेलको पहिलो हाफमा जापानका गोलकिपरले जर्मनीका खेलाडीलाई बक्सभित्र फाउल गरेपछी जर्मनीले पेनाल्टी पाएको थियो। त्यसको सदुपयोग गर्दै जर्मनीका इल्के गुन्डोगनले अग्रता बनायो।

पहिलो हाफमा निकै राम्रा प्रयास गरेको जर्मनीले गोल गर्न भने सकेन।दोस्रो हाफमा जापानका ताकुमा असानो र रित्सु दोआनले गोल गरे। उनीहरू दोस्रो हाफमा मैदान छिरेका थिए।

kumari

प्रकाशित: Nov 23, 2022| 20:49 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।