आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रुपन्देही-४ बाट लोसपाले खाता खोल्यो, कांग्रेसका यादवसँग शुक्लाको बदला

रुपन्देही-४ बाट लोसपाले खाता खोल्यो, कांग्रेसका यादवसँग शुक्लाको बदला

शुक्लाले २८ हजार मत पाउँदा कांग्रेसका यादवले २२ हजार ७०४ मत पाए। जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याएका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

बुटवल- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देहीबाट प्रतिनिधि सभामा खाता खोलेको छ। 

National life

उक्त क्षेत्रमा लोसपा नेता सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका हुन्। 

नेपाली कांग्रेसका प्रमोद यादवलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै शुक्ला निर्वाचित भएका हुन्।

शुक्लाले २८ हजार मत पाउँदा कांग्रेसका यादवले २२ हजार ७०४ मत पाए। जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका शुक्ला कांग्रेसका यादवसँग नै चुनाव हारेका थिए।

Shivam cement

प्रकाशित: Nov 23, 2022| 19:55 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...