आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्रलाई तनहुँ-१ छोडेर बारा-४ गएका किसान श्रेष्ठको जित निश्चित

रामचन्द्रलाई तनहुँ-१ छोडेर बारा-४ गएका किसान श्रेष्ठको जित निश्चित

मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको नभएपनि गन्न बाँकी मतपत्रभन्दा बढी मतान्तरले श्रेष्ठ अगाडि रहेकाले उनको जित निश्चित भएको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

बारा- बारा-४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठ विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको नभएपनि गन्न बाँकी मतपत्रभन्दा बढी मतान्तरले श्रेष्ठ अगाडि रहेकाले उनको जित निश्चित भएको हो। 

National life

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्। श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउँदा मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्। मियाँ यसअघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए। यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए।

निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्षतर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसलाई गणना गर्न बाँकी रहेको जानकारी दिए। त्यो मत नमिलाएकै अवस्थामा पनि श्रेष्ठलाई जित्न पर्याप्त मत भएको उनले जानकारी दिएका छन्। 

श्रेष्ठ नेकपा समाजवादीका सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए। यसअघि तनहुँबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्दै नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका उनी यसपालि पौडेललाई आफू निर्वािचत भएको क्षेत्र छोडेर बारा-४ गएका हुन्। 

प्रदेशसभा बारा-४ 'क' मा नेकपा एमालेका देवनारायण थारु (चौधरी) विजयी भएका छन्। माओवादीका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पराजित गरेका चौधरीले १३ हजार २ सय १३ मत ल्याउँदा श्रेष्ठले ९ हजार ४ सय ५६ मत ल्याए।

Shivam cement

बारा-४ 'ख' मा लोसपाका नेता जितेन्द्र सोनल विजयी भएका छन्। एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम साहलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। सोनलले १३ हजार ५ सय ९६ मत ल्याए भने साहले ८ हजार २ सय ६२ मत पाए।

प्रकाशित: Nov 23, 2022| 19:11 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...