मंगलबार, फागुन १९, २०८२

बराबरीबाट सुरु गर्‍यो साविक उपविजेता क्रोएसियाले विश्वकप

निर्धारित ९० मिनेटसम्म पनि गोल हुन नसकेपछि क्रोएसियाले उत्तर अफ्रिकी टिम मोरोक्कोसँग बराबरी गर्दै विश्वकपको सुरुवात गरेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको विश्वकपका खेल भने गोलरहित बराबरीबाट सुरु गरेको छ।

निर्धारित ९० मिनेटसम्म पनि गोल हुन नसकेपछि क्रोएसियाले उत्तर अफ्रिकी टिम मोरोक्कोसँग बराबरी गर्दै विश्वकपको सुरुवात गरेको हो।

खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन्। यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन्।

खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै क्रोएसियाले जित्नका लागि संघर्ष गरेको थियो। तर पनि गोल गर्न सकेन।

३५ प्रतिसश समय मात्र बलमा नियन्त्रण लिए पनि मोरोक्कोले राम्रा अवसर सिर्जना गरेपनि गोल हुन सकेन। समूह 'एफ'अन्तर्गत आजै राति बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।आजै राति समूह 'ई'का पनि दुई खेल हुँदैछन्। समूह 'ई'को जर्मनी राति पौने सात बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ। 

kumari

प्रकाशित: Nov 23, 2022| 17:49 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।