बुधबार, वैशाख ९, २०८३

दुई पावरहाउसबीचको महाभिडन्त

यसअघि यी दुई टोलीबीच दुई खेल भएको छ, जसमध्ये जर्मनीले जापानलाई ३-० गोल अन्तरले सन् २००४ मा पराजित गरेको थियो। त्यसपछि भएको दोस्रो तथा अन्तिम भेटमा जापानले जर्मनीलाई सन् २००६ मा २-२ गोलको बराबरीमा रोकेको थियो। दुई टोलीबीच यसपटकको भेट नै ठूलो प्रतियोगितामा भएको पहिलो भेट हो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- कतार विश्वकपमा आज बुधबार विश्वकप इतिहासकै सबैभन्दा सफल मध्येको एक टोली जर्मनीले आफ्नो पहिलो खेल खेल्दैछ। फुटबलको पावरहाउस उपनामले परिचित टिम जर्मनीले अर्को पावरहाउससँग भिड्न लागेको हो। 

National life

एसियाकै सबैभन्दा बलियो टोलीको रुपमा आफूलाई चिनाएको जापान विश्वको पावर हाउसविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। समूह ई मा रहेका जापान र जर्मनीसँगै स्पेन र कोष्टारिका पनि छन्। कठिनाइका हिसाबले सबैभन्दा कठिन समूह नै यही हो। आजको खेल हार्ने टोलीलाई त्यो हार धेरै महँगो बन्न सक्छ, किनकी त्यसपछि पराजित हुने टिमले स्पेनसँग पनि खेल्नु पर्नेछ। स्पेन स्वाभावैले बलियो टोली हो, त्यसैले आजको खेलमा दुवै टिम जितको खोजीमा हुनेछ।

यसअघि यी दुई टोलीबीच दुई खेल भएको छ, जसमध्ये जर्मनीले जापानलाई ३-० गोल अन्तरले सन् २००४ मा पराजित गरेको थियो। त्यसपछि भएको दोस्रो तथा अन्तिम भेटमा जापानले जर्मनीलाई सन् २००६ मा २-२ गोलको बराबरीमा रोकेको थियो। दुई टोलीबीच यसपटकको भेट नै ठूलो प्रतियोगितामा भएको पहिलो भेट हो।

सन् २०१४ को विश्वविजेता जर्मनी त्यसपश्चात् राम्रो लयमा छैन। अझ उसको अघिल्लो विश्वकप त खासै सम्झनलायक पनि छैन। उसको रसिया यात्रा झनै खराब थियो। रसियामा विश्व विजेताका रूपमा होमिएको थियो जर्मनी, जसले गर्दा उसको टिम कमजोर हुने कुरै थिएन। उसका धेरै फ्यान त त्यो विश्वकपमा थपिएका थिए। तर समर्थकले उसको जर्सीमा लामो समय खुसी मनाउनै पाएनन्। जर्मनीको नतिजा अनुमान गरेभन्दा फरक निस्कियो। फाइनलसम्म पुग्ने आश गरिएको टिमले समूह चरण पनि पार गरेन। सायद इतिहासकै सबैभन्दा खराब प्रदर्शन थियो त्यो।

यसअघि यी दुई टोलीबीच दुई खेल भएको छ, जसमध्ये जर्मनीले जापानलाई ३-० गोल अन्तरले सन् २००४ मा पराजित गरेको थियो। त्यसपछि भएको दोस्रो तथा अन्तिम भेटमा जापानले जर्मनीलाई सन् २००६ मा २-२ गोलको बराबरीमा रोकेको थियो। दुई टोलीबीच यसपटकको भेट नै ठूलो प्रतियोगितामा भएको पहिलो भेट हो।

सोही सन् २०१८ को विश्वकपमा समूह चरणदेखि नै घर फर्किएको जर्मनी यसपटक धेरै माथि जान चाहन्छ। जर्मनीका कप्तान म्यानुयल नुयेर यसपटक समूह चरणबाट घर जाने जस्ता अप्रत्यासित घटना नहुने बताउँछन्। उत्कृष्ट टिमवर्क गरेको आफ्नो टिमले यसपटक विश्वकपमा राम्रो सुरुवात गर्ने दाबी उनको छ। कतारी मिडियासँग कुरा गर्दै उनले भने, ʻहामी रसियालाई बिर्सेर अगाडि आइसकेका छौं। यसपटक हामी त्यसलाई दोहोर्‍याउने छैनौं। अहिले हाम्रो टिम उच्च लयमा छ, हामी पछिल्ला नौ खेलदेखि अपराजित छौं। त्यसलाई हामी निरन्तरता दिनेछौ‌। हाम्रो टिम सुपर फास्ट छ, हामी उच्च लयमा खेल्नेछौं। हाम्रो लक्ष्य समूह चरण पार गरेर अझै माथि पुग्दै फेरि विश्व च्याम्पियन हुनु हो।ʼ

kumari

जर्मनी त स्वाभाविक रुपमै बलियो टोली हो नै। अर्को टिम जापान पनि कमजोर हैन। कतार विश्वकपका लागि सबैभन्दा पहिले टोली घोषणा गर्ने टिम हो जापान। पछिल्लो समय उच्च लयमा रहेको जापानलाई विश्वकपमा एसियाबाट सहभागिता जनाउने सबैभन्दा बलियो टिमको रुपमा हेरिएको छ। अनुभवी स्टार खेलाडी तथा युरोपमा प्रभाव पारेका खेलाडीको बाहुल्य रहेको जापानलाई फिफा वरीयताले पनि अन्य एशियाली टिमभन्दा अब्बल देखाउँछ। 

अघिल्लो विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको जापान यसपटक त्योभन्दा माथि जान चाहन्छ। जापानी फुटबल टिमका ५४ वर्षे मुख्य प्रशिक्षक हाजिम मोरियासु पनि टिमलाई समूह चरण पार गराएर माथि लैजाने लक्ष्य रहेको सुनाउँछन्। उनी जर्मनीविरुद्ध खेल्न सहज पनि नभएको बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै उनले भने, ʻहामी कठिन समूहमा छौं, पहिलो खेल नै जर्मनी जस्तो बलियो टिमसँग खेल्न लाग्दैछौं। सबैलाई थाहा छ जर्मनी कस्तो टिम हो भनेर तर पनि हामी उच्च मनोबलका साथ जितका लागि खेल्नेछौं। हाम्रो लक्ष्य समूह चरण पार गरेर माथि जानु हो। त्यसैले हामीलाई थाहा छ हामीले कस्तो खेल्नुपर्छʼ।

प्लेयर्स टु वाच
जर्मनी
जमल मुसियालाः सन् २०१० मा डेब्यु गरेर उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीका लागि विश्वकपमा १६ खेल खेल्दै १० गोल र ६ असिस्ट गरेका खेलाडी हुन् थोमस मुलर। उनले जर्मनीको टिममा आफ्नो छाप बनाइसकेका छन्। तर उनी ३३ वर्षे मुलरले फेरि पनि त्यस्तै खेल्नेछन् भन्ने कुराको कुनै ग्यारेन्टी छैन। जर्मनीमा मुलरको साख थाम्न सक्ने अर्का युवा खेलडी हुन् १९ वर्षे मुसियाला। उनी मुलरसँगै वायर्न म्युनिखमा खेलिरहरेका छन्।

यसपटक विश्वकपमा डेब्यु गर्दैछन् उनी। उनले वायर्नमा गरेको प्रदर्शनलाई हेरेर उनलाई धेरैले अर्को लियोनेल मेस्सी पनि भन्ने गर्छन्। किनकी उनको खेल्ने शैली तथा गोल मेस्सीकै जस्तो हुने गर्छ। यो सिजन मात्रै उनी १५ गोलमा संलग्न भइसकेका छन्। यस्तो गर्ने उनी युरोपको एक मात्रै टिनएजर खेलाडी हुन्। सानै उमेरमा राम्रो प्रदर्शन गरेका मुसियालालाई रोक्न जापानलाई धेरै सास्ती पर्न सक्छ। 

जापान
ताकुमी मिनामिनोः इङ्गलिस क्लब लिभरपुलमा एक सिजन बिताएका मनामिनो जापानका मुख्य स्ट्राइकर तथा गोल स्कोरर हुन्। यो उनको डेब्यु विश्वकप पनि हो। लिभरपुलमा आफूलाई प्रमाणित गरेका मिनामिनोको जापानलाई विश्वकपमा पुर्याउन ठूलो योगदान रहेको छ। उनले जापानका लागि छनोट चरणमा मात्रै १० गोल र चार असिस्ट गरेका छन्। जापानबाट युरोपियन क्लबमा राम्रो छवि बनाएका उनी जर्मनीविरुद्ध खतरा बन्न सक्छन्।  

जर्मनीको सम्भावित ११
मानुएल नुयेर, डेभिड राउम, एन्टोनिओ रुडिगर, निको स्लोटरबेक, निकलस सुले, सर्जी जिनाब्री, इल्के गुन्डोगान, ऐ हाभार्ट, जोसुआ किम्मिच, थोमस मुलर, लेरोय साने

जापानको सम्भावित ११
सुइची गोन्डा, मिकी यामाने , हिरोकी साकाइ , माया योसिदा , ताकेहिरो तोमियसु , रित्सु डोआन , जुनाया इतो , ताकुमी मिनामिनो , दाइजेन माएदा , ताकुमा आसानो , आयसे उएदा

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।