शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपराधी लुकाउने काममा राज्य संयन्त्र प्रयोग हुनु दुर्भाग्यपूर्ण

अपराधी लुकाउने काममा राज्य संयन्त्र प्रयोग हुनु दुर्भाग्यपूर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धुलिखेल- राप्रपा अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार भएको बेला न्यायका लागि जनता सडकमा चिच्याउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शनिबार पार्टीको धुलिखेलमा भएको काभ्रे जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अपराधीलाई लुकाउने र ढाकछोप गर्ने काममा राज्य संयन्त्र प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा भएको बताउदै उनले सरकार सुरक्षाको प्रत्याभूति दिन असफल भएको उल्लेख गरेका छन् । 

अध्यक्ष थापाले सरकार सञ्चालनमा देखिएको अपरिपक्वताले राज्य संयन्त्रको प्रभावकारीतामा ह्रास आएको, प्रशासन, संवैधानिक अङ्ग, न्यायपालिकामा पार्टीका समर्थक भर्ती गर्ने काम भइरहेकोमा आपत्ति प्रकट गरेका छन् ।

अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार हुँदा पनि देश असफलता तर्फ उन्मुख हुनु दु:खको कुरा भन्दै हालको असफलता व्यक्तिको नभइ गलत नीति, गलत मार्गचित्र र गलत व्यवस्थाको असफलता भन्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भइसकेको दाबी गरेका छन् । 

आफूसंगको भेटमा क्रान्तिकारी भन्ने नेताहरूले नै धर्म निरपेक्षता कायम गर्न गलत पो गरिएछ, संघीयता पनि हतारमा लागू गरिएछ भन्ने गरेको खुलासा पनि अध्यक्ष थापाले गरेका छन् । 

'देश कठिन मोडमा पुगेको छ, यहि बाटो र विचारबाट अझै कठिन ठाउँमा पुगिन्छ,' अध्यक्ष थापाले भने, 'विगतका कमीकमजोरी सच्याएर अघि बढ्न र साहसताका  राजनीतिक दलले पुनर्विचार गर्न जरूरी छ ।' 

देशको बर्बादीको कारक नेपाली कांग्रेस पनि रहेको बताउदै अध्यक्ष थापाले कांग्रेसको सैद्धान्तिक विचलन, चरम गुटबन्दी र विदेशी प्रभावलाई स्विकार गर्ने नीतिले देश आजको अवस्थामा आइपुग्न बाध्य भएको बताए ।

अगुवा कार्यकर्ता भेलामा नेताहरू प्रदेश-३ का अध्यक्ष विक्रम बहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, महिला नेतृ यवतीर कार्की लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।