शुक्रबार, साउन १, २०८३

हुम्लामा पहिरो, दुईको मृत्यु, चार घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

सुर्खेत– हुम्लामा शनिबार गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्। एक वेपत्ता छन् । 

चंखेली गाउँपालिका–६ को नेक्पामा गएको सुख्खा पहिरोका कारण बसन्तीराम तामाङ्ग र अनिता तामाङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

त्यस्तै पहिरोमा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा अस्तिा तामाङ्ग, विनिता तामाङ्ग, हेमन्त तामाङ्ग र युकेस तामाङ्ग छन् । जसमध्ये हेमन्त तामाङ्ग र विनिता तामाङ्गको स्वास्थ्य अवस्था निकै नाजुक छ । 

उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको निमित्त प्रहरी नायव उपरिक्षक गिन्द्र बोगटीले जानकारी दिए । 

अन्यको जिल्ला अस्पताल हुम्लामा उपचार भैरहेको र वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।