प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा डडेलधुराबाट पुनः विजयी भएका छन्। यो उनको सातौँ जित हो। २०४८ यताका सबै निर्वाचनमा उनले त्यहाँबाट जित निकालेका छन्।
अन्तिम मत परिणाममा देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन्।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत हात पारे। नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरे।