शुक्रबार, साउन १, २०८३

गाली गरेको निहुँमा बालकको हत्या भएको खुलासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बझाङको छबिस पाथीभेरा गाउँपालिका-७ मजखोरीका महेश बोहराका नौ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ। प्रहरीका अनुसार गाली गरेको निहुँमा उनको हत्या गरिएको हो।

सोही ठाउँका ध्वज बोहराका १७ वर्षीय छोरा तिलकले उनको हत्या गरेको स्वीकारेका छन्। तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको बताएका छन्।

‘छाडा छाडा गाली गर्न थाल्यो, लात्ताले पेटमा हानेर ढलाएँ,’ तिलकले प्रहरीसँग भने, ‘त्यसपछि ढुंगै ढुंगाले हानें, ऊ बोल्न छोडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ।’ उनको हत्यामा संलग्न तिलक स्थानीय मजखोरी माविमा कक्षा-८ मा अध्यनरत छन्। 

स्कुलबाट फर्केपछि बुवाको मोबाइल लगेर कुशल खेल्दै तीजको कार्यक्रममा गएका थिए। बुधबार स्थानीय मजखोरी माविमा भएको तीजको कार्यक्रम हेर्न गएका उनको बिहीबार साँझ विद्यालयनजिकै मकैबारीमा शव फेला परेको थियो।

साँझसम्म छोरा घर नफर्केपछि स्थानीय बासिन्दाले राति अबेरसम्म कुशलको खोजी गरेका थिए। भोलिपल्ट ठूला-ठूला ढुंगाले राखेर छोपिएको तथा टाउको, गाला र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङमा यूकेजीमा अध्ययनरत थिए। डीएसपी प्रविन धितालका अनुसार कुशलको हत्या तिलकले नै गरेको निश्चित भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।