अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। ४ हजार ४८९ मतान्तरले कुँवर विजयी भएका हुन्।
स्वतन्त्र पार्टीका राजन कुँवरले ४ हजार ३९२, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१ र स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गरेका छन्।
खसेको कुल ४१ हजार ६ सय ४३ मतमध्ये १ हजार ९७७ मत बदर भएका छन्। त्यहाँ २०७४ को निर्वाचनका एमालेका नेता भीमबहादुर रावलले २४ हजार ८ सय ९३ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६ सय ८९ मत पाएका थिए।