आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनको फोटो पोस्ट गर्दै विश्वले लेखे- जसलाई दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्नु छ

गगनको फोटो पोस्ट गर्दै विश्वले लेखे- जसलाई दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्नु छ

काठमाडौं-४ बाट निर्वाचित थापालाई बधाई दिँदै फेसबुकमा गगनको फोटो राखेर विश्वले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन्।

National life

काठमाडौं-४ बाट निर्वाचित थापालाई बधाई दिँदै फेसबुकमा गगनको फोटो राखेर विश्वले लेखेका छन्,  'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'

प्रतिनिधिसभाको निर्वाचनअघिदेखि नै आफूले गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने शर्माले बताउँदै आएका थिए। यस्तै थापाले पनि संसदीय दलको नेतामा आफूले निर्वाचन लड्ने बताउँदै आएका छन्। 

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने चलन छ। 

शर्माले झापा-१ मा अग्रता बनाएका छन्। पछिल्लो परिणाम अनुसार विश्वप्रकाश ९ हजार ३ सय मतले एमालेका अग्नि खरेलभन्दा अगाडि छन्। सांसदहरूले संसदीय दलको नेता चुन्ने चुनावमा मतदान गर्न पाउँछन्। 

Shivam cement

प्रकाशित: Nov 22, 2022| 22:29 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...