शुक्रबार, साउन १, २०८३

बस दुर्घटना, ४२ घाइते, पाँचको अवस्था गम्भिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- शनिबार भएको बस दुर्घटनामा परी ४२ जना घाइते भएका छन् । चालक सहित पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

रत्न रागमार्गको सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटनाहुँदा १३ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्बरको बस ब्यूरेनीको मोडमा ठोक्कीदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

घाइते सबैको स्थानीय माया नर्सिङ होममा उपचार भैरहेको छ । ओभर स्पिडले दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।