आइतबार, जेठ ३१, २०८३

नागरिकता विवादमा मुछिएका रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन-२ का उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाएका छन्। विदेशी नागरिकता लिनका लागि नेपाली नागरिकता त्याग गरेको तर पुनः नेपाली नागरिकता कायम नगरी निर्वाचनमा उम्मेदवार बनेको भन्दै उजुरी परेपछि रविले स्पष्टीकरण दिएका हुन्। 

National life

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

लामिछानेले बुझाएको स्पष्टीकरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको ७ दिनको म्याद सकिने दिनमा रविले स्पष्टीकरण बुझाएका हुन्।

लामिछानेले बुझाएको स्पष्टीकरण सिधै निर्वाचन आयोगमा पठाइने र निर्वाचन आयोगले नै उनका सम्बन्धमा निर्णय गर्ने कार्यालयले जानकारी दिएको छ। 

जारी चितवन-२ को मतगणनामा रविले अग्रता लिइरहेका छन्। 

Shivam cement

प्रकाशित: Nov 22, 2022| 20:06 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...