चैनपुर- बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो।
मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभाको ४ टालीले र प्रदेशसभा सदस्यको ४ टोलीले गरी ८ टोलीले गरिरहेको छ।
बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालोबाट ऐन महर प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन्। यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन्।