आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवनका तीनमध्ये दुईवटा क्षेत्रमा स्वतन्त्रका उम्मेदवारको अग्रता

चितवनका तीनमध्ये दुईवटा क्षेत्रमा स्वतन्त्रका उम्मेदवारको अग्रता

चितवन क्षेत्र नम्बर मा स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। २२ हजार ४१८ मत गणना हुँदा उनले ७ हजार ३८६ मत पाएका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– चितवन क्षेत्र नम्बर मा स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। २२ हजार ४१८ मत गणना हुँदा उनले ७ हजार ३८६ मत पाएका छन्।

National life

नेकपा एमालेका सुरेन्द्र पाण्डेले दोस्रो स्थानमा रहेर ६ हजार ८५१ मत पाएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार विश्व पौडेल ६ हजार १२३ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाका माधव भट्टराईले ५९० मत ल्याएका छन्।

क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र पार्टीकै रवि लामिछानेले अग्रता लिएका छन्। १३ हजार ८८३ मत गन्दा उनले ५ हजार १२८ मत ल्याएका छन्।  एमालेका कृष्णभक्त पोखरेल ४ हजार १६६ मत ल्याएर दोस्रो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन्। 

क्षेत्र नम्बर ३ मा भने राप्रपाका विक्रम पाण्डे पहिलो नम्बरमा छन्। १९ हजार २३३ मत गन्दा उनले ५ हजार ७२५ मत पाएका छन्। दोस्रोमा स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२४ मत ल्याएकी छन् भने तेस्रोमा नेकपा माओवादीका डा. भोजराज अधिकारीले ४ हजार २९० मत पाएका छन्।

कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ३ हजार ४७२ मत पाएका छन्।

Shivam cement

प्रकाशित: Nov 22, 2022| 17:07 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...