बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मधेस प्रदेशको राजनीतिः पुराना विस्थापित, जनमतको उदय

२०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा आउने देखिएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक परिणाम आइरहेको छ। मधेश प्रदेशको पनि निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ। 

triton college

यो पटकको निर्वाचन परिणाममा ठूला भनिएका पुराना राजनीतिक दलहरुलाई नयाँ राजनीतिक पार्टीहरुले देशभर नै चुनौती दिएका छन्। तर मधेश प्रदेशमा भने राजनीतिको समीकरण परिवर्तन हुने संकेत देखा परेको छ। २०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा आउने देखिएको छ। प्रारम्भिक मतपरिणाम अनुसार मधेश प्रदेशसभाका ३२ सिटमध्ये कांग्रेस र एमालेले ८–८ क्षेत्रमा अग्रता लिएका छन्। नेकपा माओवादी केन्द्रले ६ स्थानमा अग्रता लिएको छ भने जसपा र जनमत पार्टीले ४–४ स्थानमा अग्रता लिएका छन्। लोसपाले भने ३ ठाउँमा अग्रता लिएको छ।

प्रदेशसभातर्फ मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्। सिंह ८ हजार ४४२ मत अन्तरले निर्वाचित भएका हुन्। उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरेका हुन्।

सिंहले १६ हजार ७३४ मत ल्याएका छन्। उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन्। पराजित साहले ८ हजार २९२ मत ल्याए।

यस्तै, सप्तरी–२ को ‘ख’ मा जनमत पार्टीकै महेशप्रसाद यादव निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार एवं संघ सरकारका पूर्वमन्त्री उमेश कुमार यादवलाई पराजित गरेका छन्। यससँगै जनमतले प्रदेशसभातर्फ दुईवटा सिटमा जित निकालेको छ। 

Metro Mart
vianet
 २०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा आउने देखिएको छ।

२०६३ को मधेस आन्दोलनबाट उदाएका नेता उपेन्द्र यादवलाई यो पटक सिके राउतले पछाडि पारेका छन्। यादव हार्ने निश्चित भइसकेको छ। मधेसलाई छुट्टै देश बनाउनुपर्ने माग राखेर विखण्डनको नारासहित आन्दोलित राउतले यादवलाई धक्का दिएका छन्। यादवलाई धक्का दिनकै लागि राउतले स्थानीय चुनावअघिदेखि जसपाविरुद्ध आन्दोलन केन्द्रित गरेका थिए। किसान आन्दोलनको नाममा होस् वा भ्रष्टाचारको मुद्दासँग जोडेर जसपाविरुद्ध आन्दोलित राउतले स्थानीय तहमा गतिलो प्रभाव देखाउन नसके पनि अहिले भने प्रभाव देखाएका छन्। 

सप्तरी–२ मा सिके राउत उपेन्द्र यादवभन्दा दोब्बर मतले अघि छन्। मधेसमा यादवलाई राउतले हराउनुले ठूलो सांकेतिक अर्थ राख्छ। २०६३ पछि मधेस आन्दोलनबाट उदाएका यादव मधेसको पहिचान दिलाउने नेताका रूपमा परिचित छन्। राउतले मधेसको मुख्य शक्तिलाई नै सबैभन्दा ठूलो धक्का दिने देखिन्छ। किनभने जनमत पार्टी र अब यादवको पहिचानसमेत राउतले खोस्ने छन्। राउतले परम्परागत रूपमा जसपालाई जाने दलित समुदाय र विपन्न वर्गको मत नै मुख्य रूपमा तानेका छन्। 

यस्तै, महोत्तरी ३ मा प्रतिस्पर्धामा रहेका लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उमेदवार रामअवतार रायले पछाडि पारेका छन्। ठाकुर पराजित हुने निश्चित जस्तै देखिएको छ। ठाकुर चुनावअघि नै कमजोर देखिइसकेका थिए। उनलाई साथ दिएका नेताहरू नै हराउने अभियानमा सक्रिय थिए। लामो समय ठाकुरलाई साथ दिएका नेता वृषेशचन्द्र लाल महोत्तरी ३ मा ठाकुरलाई पराजित गराउनकै लागि उम्मेदवार बनेका थिए। ठाकुरका दाहिने हात मानिएका लालले मात्र होइन, गोविन्द चौधरीदेखि विजय सिंहसम्मले साथ छोडेका थिए। 

यस्तै अवस्था लोसपाका नेता राजेन्द्र महतोको पनि देखिएको छ। अघिल्लो चुनावमा सर्लाहीबाट धनुषा ३ झरेका महतो फेरि यो चुनावमा सर्लाही नै उक्लेका छन्। तर, अर्का सहकर्मी महेन्द्र राय यादवले उनलाई पछि पारेका छन्। 

मधेस आन्दोलनबाटै उदाएका राजकिशोर यादव पनि कांग्रेस नेतृ चित्रलेखा यादवसँग पछाडि परेका छन्। रौतहट १ बाट धनुषा ३ मा गएका अनिल झालाई पनि एमाले उमेदवार जुली महतोले पछाडि पारेकी छन्। 

मधेस प्रतिनिधिसभाको प्रत्यक्षमा मात्रै होइन, समानुपातिक र प्रदेशसभाको समानुपातिकमा पनि जनमत पार्टी अगाडि देखिएको छ। प्रतिनिनिधि सभामा समानुपातिक तर्फ सातौं नम्बरमा जसपा रहेको छ। आठौं नम्बरमा सिके राउतको जनमत पार्टी रहेको छ। यी दुई पार्टीका बीचमा समानुपातिक मतको धेरै ठूलो अन्तर देखिँदैन। 

मधेश प्रदेशसभामा पनि मधेशका स्थापित दलहरुलाई जनमत पार्टीले पछि पारेको छ। मधेश प्रदेशमा पछिल्लो विवरण अनुसार कांग्रेस पहिलो नम्बरमा रहेको छ भने एमाले दोश्रो पार्टी देखिन्छ। तेस्रो नम्बरमा जनमत पार्टी छ। जसपा चौथो नम्बरमा पुगेको छ भने लोसपा प्रदेशसभाको समानुपातिक तर्फ गणनामा नै आउन सकेको छैन। समानुपातिकका प्रारम्भिक मतपरिणाम हेर्दा लोसपालाई मधेश प्रदेशमा समेत ‘थ्रेसहोल्ड’ कटाउन कठिन हुने देखिएको छ।

यद्यपि मधेश प्रदेशका प्रदेश सभा अन्तर्गतका निर्वाचन क्षेत्रहरूमा मतगणना हुन भर्खरै सुरू भएको छ। अहिले नै कुन पार्टीले कति क्षेत्रमा जित्छ भन्न सकिँदैन। तर प्रारम्भिक मतपरिणामले राउत नेतृत्वको पार्टीले मधेशमा अरू मधेसवादी दललाई पछि पार्ने निश्चित जस्तै देखिन्छ। अहिलेसम्मको परिणामले जनमत पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने देखिएको छ।


प्रकाशित: Nov 22, 2022| 16:46 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।