शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगर बजार बन्द

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगर बजार बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी– नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पुर्वघोषित कार्यक्रम अनुसार शनिवार महेन्द्रनगर बन्द गरेको छ । 

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको सत्य, तथ्य सार्वजनिकको माग गर्दै नेविसंघले घोषणा गरेको बिरोध कार्यक्रम अनुसार महेन्द्रनगरमा प्रदर्शन भएको हो । नेपाल विद्यार्थी संघले बिहिबारदेखि ३ दिने दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको थियो । 

महेन्द्रनगरका बिभिन्न चौकमा टायर बाल्दै उनीहरूले महेन्द्रनगर बजार क्षेत्रमा नारावाजी गर्दै प्रदर्शन गरेका जारी राखेका छन् । घटना घटेको झण्डै दुइ महिना पुग्नै लाग्दा समेत न्याय दिलाउनका लागि सरकारले देखाएको लाचारपन तथा ढिलासुस्तीको बिरुद्धमा महेन्द्रनगर बजारका बिभिन्न चोकमा टायर बालिएका हुन ।

सडकबीचमै बसेर प्रदर्शन हुन थालेपछि यातायातका साधन सञ्चालनमा समेत अवरोध सृजना भएको छ । सरकारलाई हत्यारा पत्ता लगाउन दबाब दिनका लागि प्रदर्शन गरिएको नेविसंघका विद्यार्थी नेता किशोर जोशीले बताए । 

घटना भएको झण्डै दुई महिना भइसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न प्रदर्शन भइरहेको उनले बताए । यसअघि बिहिबार महिलाहरूले हत्यारा पत्ता लगाउन माग गर्दै रित्तो थाली बजाउँदै बजारमा प्रदर्शन गरेका थिए । 

हत्यारा खोजी गरिनुपर्ने भन्दै तीजका दिन महिलाहरूले कालो सारी लगाएर भीमदत्त बजार क्षेत्रको मदन चोकमा कालो तिज मनाएका थिए । बलात्कार पछि भएको हत्यामा प्रशासनले अलमल गरिरहेको आशंकामा शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।