सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचित भएलगत्तै गगन थापाले भने : अबको मिसन संसदीय दलको चुनाव लड्ने

निर्वाचित भएलगत्तै गगन थापाले भने : अबको मिसन संसदीय दलको चुनाव लड्ने

चुनावका बेला जनताले कांग्रेसको नेतृत्व लिइदिन आग्रह गरेकाले सोहीअनुसार अगाडि बढ्ने नवनिर्वाचित सांसद थापाको प्रण।
 |  मंगलबार, मंसिर ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

vianetvianet

काठमाडौं– कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र–४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनमा लड्न तयारी थाल्ने बताएका छन्।

triton college

निर्वाचन मत परिणाम घोषणा भएपछि मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ। त्यो कुरा व्यक्त गर्नुभएको छ। त्यसलाई कार्यान्वयन गर्ने तयारीमा लागेको छु।’

मत परिणामको संकेत हेर्दा अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको देखिएको उनले बताए। ‘त्यो चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ। देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले भने।

थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका छन्। थापाले २१ हजार ३०१ मत ल्याए भने भने भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे।

प्रकाशित: Nov 22, 2022| 12:32 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...