शुक्रबार, साउन १, २०८३

निर्मलालाई न्याय माग्दै देशव्यापी प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत १० साउन राति बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्तका लागि न्याय माग गर्दै शनिबार देशव्यापी प्रदर्शन भइरहेको छ ।

राजधानीको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म स्वतःस्फूर्त रूपमा विशाल प्रदर्शन भएको छ । ‘जस्टिस फर निर्मला’, ‘रेज एगेन्स्ट रेप’ लेखिएको प्लेकार्ड र ब्यानर बोकेका प्रदर्शनमा सहभागीहरूले तत्काल हत्याका दोषी पक्राउ गर्न सरकारसँग माग गरे । 

प्रहरीले निर्मलाको हत्यामा संलग्न भन्दै नियन्त्रणमा लिएका दिलिपसिंह बिष्ट निर्दोष रहेको डीएनए परीक्षणबाट पुष्टी भइसकेको छ । वास्तविक दोषी पक्राउ गर्न प्रहरीले सकेको छैन ।

स्थानीय बासिन्दाले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा तथा महेन्द्रनगरका मेयरका भतिजामाथि उक्त प्रकरणका दोषीका रूपमा आरोपित गर्दै आएका छन् । प्रहरीले हत्याकाण्डको प्रमाण नष्ट गरेको परिवारजन र स्थानीय बासिन्दाको आरोप छ ।

निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवी सरकारसँग न्याय माग गर्दै काठमाडौं आएका छन् । शनिबार काठमाडौंसहित झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, उदयपुर, पर्सा, काभ्रे, पोखरा, पाल्पा, नेपालगञ्ज, चितवन, सिन्धुपाल्चोक, जुम्लालगायत देशव्यापी प्रदर्शन भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।