धनगढी- कञ्चनपुरको महेन्द्रनगरमा फेरि एक महिला मृत्य अवस्थामा भेटिएकी छिन्।
करीब ५०/५५ वर्ष उमेर देखिने महिला शनिबार बिहान भिमदत नगरपालिका-२ महुलिया नजिकै नहरमा मृत अवस्थामा भेटिएकी हुन्। स्थानीयका अनुसार दैलेख घर भई महेन्द्रनगरमा फलफुलको व्यापार गर्ने आरती सार्की भएको बुझिएको छ।
स्थानीयले नहरमा शव तैरिरहेको देखेपछि प्रहरीलार्इ खबर गरेका थिए। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।अहिले शव घटनास्थलमै रहेको छ प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरिरहेको छ।
यसअघि कञ्चनपुरमा नै १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४