शनिबार, कात्तिक २९, २०८२

साका चम्किएपछि इरानको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डाले दोस्रो हाफमा पनि तीन गोल नै थपेको थियो। खेलको ३५औं मिनेटमा बेलिङघमले गोल गरेका थिए।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– बुकायो साकाको दुई गोल सहयोगमा इंग्ल्यान्डले इरानमाथि सानदार जित निकालेको छ। जुडे बलिङ्घम, साका, मार्कस रासफर्डजस्ता युवा खेलाडीले डेब्यू गरेको विश्वकपको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ गोलले हराएको हो।

National life

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डाले दोस्रो हाफमा पनि तीन गोल नै थपेको थियो। खेलको ३५औं मिनेटमा बेलिङघमले गोल गरेका थिए।

त्यस्तै ४३ औं मिनेटमा साकाले पहिला गोल गरे। सुरुआति ११ मा परेका २१ वर्षे खेलाडी साकाले दोस्रो गोल भने खेलको ६२ औं मिनेटमा गरेका थिए।

यता  पहिलो हाफको इन्ज्युरी समयमा रहिम स्टार्लिङले पनि गोल गरेका थिए। दास्रो हाफमा मात्र मैदान छिरेका मार्कस रासफर्डले कप्तान ह्यारी केनको पासमा गोल गरेका थिए।

त्यसअघि खेलको इन्ज्युरी समयमा स्टार्लिङले गोल गर्दा पनि केनले नै पास दिएका थिए। बेलिङ्घमलाई लुके शले पास उपलब्ध गराएका थिए भने सेन्ट्रल डिफेन्डर मग्वायरले साकालाई पास दिएका थिए। साकाको दोस्रो गोलमा भने स्टार्लिङले बल उपलब्ध गराएका थिए।

Laxmi sunrise bank
kumari

अन्तिम गोल चाहिँ ज्याक ग्रिलिसले गरे। उनले ८९ औं मिनेटमा गोल गर्दा इंग्ल्यान्डले छ गोल पुरा गरेको हो। पहिलो हाफमा गोल फर्काउन नसके पनि इरानले दोस्रो हाफमा गोल गर्यो। महेदी तारेमीले खेलको ६५ औं मिनेटमा पहिलो गोल पर्काएका थिए।

त्यस्तै, इन्ज्युरी समयमा फ्रि किकिको बल प्रहार गर्ने क्रममा इंग्ल्यान्डका खेलाडीले विपक्षीमाथि फउल गरेपछि इरानले पेनाल्टी पाएको थियो। त्यो पेनाल्टीमा तारेमीले दोस्रो गोल गरे।

यससँगै दोस्रो खेलमै विश्वकपमा दुई गोल गर्नेको संख्या तीन पुगेको छ। पहिलो खेलमा एनी भ्यालेन्सियाले पनि कतारविरुद्ध दुई गोल गरेका थिए।

प्रकाशित: Nov 21, 2022| 22:32 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।