आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले ललितपुर-२ बाट खाता खोल्यो, प्रतिनिधि सभामा महर्जन निर्वाचित

एमालेले ललितपुर-२ बाट खाता खोल्यो, प्रतिनिधि सभामा महर्जन निर्वाचित

१९ हजार ८३४ मत ल्याएर निर्वाचित महर्जनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याए।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- प्रतिनिधि सभा ललितपुर-२ मा नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन्। १९ हजार ८३४ मत ल्याएर निर्वाचित महर्जनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याए।

National life

अन्तिम मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याए।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए। राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए।

मतगणना सकिएपनि निर्वाचन आयोगले प्रेमलाललाई निर्वाचित घोषित गर्न बाँकी छ। प्रतिनिधिसभामा नेकपा एमालेको यो पहिलो जित हो।

प्रकाशित: Nov 21, 2022| 22:15 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...