शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रातभर थुनिएको बडिगाड 'ओभरफ्लो' हुँदा बस्ती जोखिममा (फोटो/भिडियो)

रातभर थुनिएको बडिगाड 'ओभरफ्लो' हुँदा बस्ती जोखिममा (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गुल्मी- पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ। 

खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए। बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन्। ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ। 

खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको स्थानीय रविलाल पौडेलले बताए। अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले फुट्ने सम्भावना कम रहेको पौडेलले बताए। 



खोला थुनिएपछि बागलुङका खार र खर्बाङ बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, इन्दे्रगौँडा, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीमा माइकिङ गरिरहेको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन्। 

बाग्लुङको बडिघाट गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङका अनुसार मलकट्ठीबाङका करीब एक दर्जन घर डुबानमा परेका छन्। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।