शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधसभासँगै प्रदेशसभामा पनि मुस्ताङबाटै खाता खोल्यो कांग्रेसले

प्रतिनिधसभासँगै प्रदेशसभामा पनि मुस्ताङबाटै खाता खोल्यो कांग्रेसले

एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका योगेश गौचनले जित निकाल्दा प्रदेश सभा 'क'मा कांग्रेसकै नाम्डु गुरुङ विजयी भएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

पोखरा- मुस्ताङ जिल्लाबाट नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएर खाता खोलेको छ। 

एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका योगेश गौचनले जित निकाल्दा प्रदेश सभा 'क'मा कांग्रेसकै नाम्डु गुरुङ विजयी भएका हुन्।

नाम्डुले १ हजार ४८ मत ल्याएर विजयी बन्दा एमालेका इन्द्रधारा ड्याडु विष्ट ७ सय ९३ मत प्राप्त गरी उपविजेता बने। यसअघि पनि विष्ट उक्त क्षेत्रबाटै विजयी भएर प्रदेश सांसद बनेका थिए।

मुस्ताङ 'क'मा कुल १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: Nov 21, 2022| 15:51 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...