मंगलबार, असार ९, २०८३

गोरखामा धाँधली भएको आरोप, पुन: मतदान गर्न माग

एकैजनाले १० पटकसम्म मतदान गरेको आरोप बुर्लाकोटीले आरोप लगाए।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

गोरखा- गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन्। सोमबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा-१ का रामशरण बस्नेत, गोरखा-२ का उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटा केन्द्रमा पुन: मतदान हुनुपर्ने माग राखेका हुन्।

National life

गोरखा-१ र २ का केही मतदान केन्द्रमा मृत, बेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताको नामबाट समेत मतदान भएको नेकपा एमालेका अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन्। एकैजनाले १० पटकसम्म मतदान गरेको आरोप बुर्लाकोटीले आरोप लगाए।

‘कर्मचारीहरूको पनि मिलिमतो जस्तो देखियो,’ उनले भने,‘समग्रमा निर्वाचन निष्पक्ष भएन, धाँधली भयो, फर्जी मत खस्दै गर्दा निर्वाचनप्रति विश्वास भएन।’ 

गोरखा–१ अन्तर्गत भिमसेन थापा गाउँपालिका–१ को बालकल्याण आधारभूत विद्यालय, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–८ को भिमसेन आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–१ को विन्द्रवती मावि मतदान केन्द्रमा पुन: मतदानको माग भएको छ।

गोरखा निर्वाचन क्षेत्र नं २ अन्तर्गत बारपाक सुलकोट गाउँपालिकाका सूर्यज्योती मावि, पालुङटार नगरपालिका–७ को जीवनज्योती मावि, बारपाक सुलिकोट गाउँपालिका–४ को हिमालय मावि, अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योती मावि, पालुङटार–१ को स्थानिका आधारभूत विद्यालय र सिरानेचा–८ को परोपकार मावि जौवारीमा पुन: मतदानको माग राखिएको छ। 

Shivam cement

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले आफूहरूको चट्टानी अडान नछाड्ने बताएका छन्। 

प्रकाशित: Nov 21, 2022| 15:25 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...