मंगलबार, असार ९, २०८३

काठमाडौंका १० क्षेत्रमा को अघि, को पछि?

यीमध्ये तीन स्थानमा रवि लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् भने ३ स्थानमा कांग्रेसका उम्मेदवारको अग्रता छ। एमाले दुई स्थानमा अघि छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गत काठमाडौंका ८ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। यीमध्ये तीन स्थानमा रवि लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् भने ३ स्थानमा कांग्रेसका उम्मेदवारको अग्रता छ। एमाले दुई स्थानमा अघि छ।  

National life

काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १४१८ मत ल्याई अग्रस्थानमा छन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार किरण पौडेल १०९४ मतका साथ दोस्रो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रको १०३६ मत छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको ७०२ मत छ। 

काठमाडौं क्षेत्र नं ३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार कृष्‍णबहादुर राई १०७५ मत ल्याई अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १०५८ मतका साथ दोस्रो स्थानमा छन्। रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले  ६४७ मत ल्याएका छन्। 

काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा २०२६ मत ल्याई अग्रस्थानमा छन्। उनलाई एमालेका राजन भट्टराई १५८२ मतका साथ पछ्याएका छन्।

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल ३७८ मत ल्याई अग्रस्थानमा छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २७७ मतका साथ दोस्रो स्थानमा छन्।

Shivam cement

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ६१५ मत ल्याई अग्रस्थानमा छन्। एमालेका उम्मेदवार श्‍यामकुमार घिमिरे ५०९ मतका साथ दोस्रो स्थानमा छन्। सत्ता गठबन्धनबाट माओवादीको चिन्ह लिएर मैदान उत्रिएकी मानुषी यमी भट्टराई ४५५ मतका साथ तेस्रो स्थानमा छिन्। 

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ ६११ मत ल्याई अग्रस्थानमा छन्। हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी ६०३ मतका साथ दोस्रो स्थानमा छन्। उनीहरूलाई एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत ल्याएर पछ्याइरहेका छन्। 

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मत ल्याएर अग्रता बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मत पाएका छन्। माओवादीकी कल्पना धमलाले ३४५ मत ल्याएर तेस्रो स्थानमा छिन्। मिलन पाण्डेले १२० मत ल्याएर छैटौँ स्थानमा छन्। 

काठमाडौं- १० मा कांग्रेसका राजेन्द्रकुमार केसीले १०८० मत ल्याई अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदिप विष्‍ट ६८५ मतका साथ पछ्याइरहेका छन्। एमालेका हिमेश विष्टले ६७२ मत ल्याएका छन्। माओवादीकी अञ्जना विशंखेले ५९५ मत ल्याएर चौथो स्थानमा छिन्।

यो केही बेरअघिसम्मको गणनाको नतिजा हो। ८ वटै क्षेत्रको गणना जारी छ।  काठमाडौं-२ र काठमाडौं-५ मा मतगणना सुरु भएको छैन। 

प्रकाशित: Nov 21, 2022| 14:49 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...