शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका पत्रपत्रिका : साइबर क्राइम भन्दै सताउँदै प्रहरी , बाटो बिराउँदै सिआर्इबी

आजका पत्रपत्रिका : साइबर क्राइम भन्दै सताउँदै प्रहरी , बाटो बिराउँदै सिआर्इबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित हुने पत्रपत्रिकाले विद्युतिय कारोबार ऐनका नाममा हुने पत्रकार तथा सर्वसाधारणहरुको गिरफ्तारी, निर्मला पन्तको बलात्कारपछिको हत्याको अनुसन्धानलगायतका विषयलार्इ प्राथमिकताका साथ छापेका छन्। 

शनिबार प्रकाशित कान्तिपुर दैनिकले 'साइबर क्राइम भन्दै सताउँदै' शिर्षकमा पहिलो पृष्ठमा मुल समाचार छापेको छ। विद्युतिय कारोबार ऐनमा सामाजिक सञ्‍जाल (फेसबुक, ट्‍वीटर) समेटिएको छैन तर प्रहरीले सामाजिक सञ्‍जालमा पोस्ट, सेयर र लाइक गर्नेलार्इ पनि यही ऐनअनुसार मुद्दा चलाउने गरेको छ। जबकी कसैको मान प्रतिष्ठामा आँच आउने काम गरे गाली बेइज्जतीसम्बन्धी कसुरमा कारबाही गर्न सकिन्छ। 

खोजतलास डटकमका प्रधानसम्पाद राजु बस्नेतलार्इ एकमा छापिएको समाचार साभार गरेर छापेको आरोपमा पक्राउ गर्यो। त्यसैगरी प्रधानमन्त्री केपीशर्मा ओलीको तस्बिर बिगारेर फेसबुकमा राख्ने काभ्रेको रोशी गाउँपालिका-५ का सचिव होमनाथ दाहाललार्इ प्रहरीले गिरफ्तार गर्‍यो।  बुधबारमात्रै पनि प्रहरीले कलाकार देशभक्त खनाललार्इ विद्युतिय कारोबार ऐन अन्तर्गत पक्राउ गर्‍यो। 

यसरि साइबर अपराधका प्रावधानलार्इ विद्युतिय कारोबार ऐनले समेट्‍न सकेको छैन। तर प्रहरीले धमाधम गिरफ्तार गरिरहेको छ। 

त्यसैगरी अन्नपूर्ण पोस्टले 'बाटो बिराउँदै सीआर्इबी' शिर्षकमा समाचार छापेकव छ। नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआर्इबी) को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनसन्धानकर्ता नपर्दा सीआर्इबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलार्इ नै सहयोग पुगेको देखिन्छ। 

कञ्‍चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ। सीआर्इबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको पाइएको छ। 

नयाँ पत्रिका दैनिकले ६ घण्टादेखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा शिर्षकमा समाचार छापेको छ। ६ घण्टादेखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ।

पहिरोका कारण त्यस क्षेत्रकै सबैभन्दा ठुलो  बढिघाट खोला ६ घण्टादेखि अबरुद्ध भएकाे छ । खोला थुनिँदा तीन किलोमिटरसम्म  पानीको ताल बनेको पत्रकार रविलाल पौडेलले बताए।

सरकारलाई सर्वोच्चको कडा चेतावनी शिर्षकमा नेपाल समाचार पत्रमा खबर छ। आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ।

सर्वोच्च अदालतले चारपटक सम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएपनि सरकारले सर्वोच्च वाटै पक्राउ गर्दै आएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रवार अवहेलना मुद्धामा कारबाही गर्ने चेतावनी दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकका लागि अदालतबाट एउटै व्यक्तिकालागि गैरकानुनी थुनाका बारेमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभाष समेत हुन गएको छ ।’ बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न पटक पटक आदेश दिदैं आएको छ ।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।