शुक्रबार, जेठ २९, २०८३

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National life

तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ। 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य ९७ हाजर ५०० रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। यससँगै, चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ।

Shivam cement

प्रकाशित: Nov 21, 2022| 12:00 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्