बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीचको विवाद मिल्यो, दुवैले आत्मालोचना गर्ने सहमति

आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीचको विवाद मिल्यो, दुवैले आत्मालोचना गर्ने सहमति

तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो कार्यालय परिसरमा नै भएको हात हालाहालको विवाद समाधान भएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो कार्यालय परिसरमा नै भएको हात हालाहालको विवाद समाधान भएको छ। सोमबार दुवै पक्षबीच आत्मालोचना गर्ने सहमति बनेसँगै विवाद समाधान भएको हो। 

गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले गाउँपालिकाको कार्यसम्पादन गर्ने क्रममा दुवै पक्षबीच असमझदारी भएको र त्यसले विवाद निम्त्याएकाले दुवै पक्षले आत्मालोचना गर्ने र दुवै पक्षले एकअर्काविरुद्ध प्रहरीमा दिएको उजुरी फिर्ता लिने सहमति बनेको जानकारी दिए। 'दुवै पक्षको असमझदारीका कारण विवाद उत्पन्न भएको थियो। दुवै पक्षले आत्मालोचना गर्दै प्रहरीमा दिएको उजुरी फिर्ता गर्ने सहमति बनेको छ,' अध्यक्ष लिम्बूले भने। 

लेखापाल थापाले कार्यसम्पादन गर्ने क्रममा भएका कमजोरी आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धतासहित विवाद समाधान गरिएको बताए। 'दुवै पक्ष मिलेर जाऔँ भन्ने कुरा भयो,' थापाले भने। 

आइतबार दिउँसो दुवै पक्षबीच मुक्का हानाहान भएको थियो। आर्थिक वर्ष २०७७/०७८ को भुक्तानीका विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापाबीच भनाभनपछि मुक्का हानहान भएको थियो। सोमबार साँझमा दुवै पक्षले आपसी समझदारीमा विवाद मिलाएका हुन्। लेखापाल थापासँग विवाद भएपछि दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै इलाका प्रशासन कार्यालय संक्रान्तिबजारमा उजुरी दिएका थिए। ती दुवै उजुरी फिर्ता हुने भएका छन्। 

प्रकाशित: Aug 10, 2021| 09:37 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।