शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६५ वर्षिय वृद्ध महिला बलात्कारको आरोपमा एक जना पक्राउ 

६५ वर्षिय वृद्ध महिला बलात्कारको आरोपमा एक जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पोखरा महानगरपालीका-३१ बस्दै आएकी ६५ वर्षिय वृद्ध महिलालाई बलात्कार आरोपमा प्रहरीले एक जनालार्इ नियन्त्रणमा लिएको छ। 

प्रहरीले शुक्रबार सोहि वडा बस्ने ५५ बर्षिय रेवतीरमण पौड्यालार्इ पक्राउ गरेको जनाएको छ। गत सोमबार दिउँसो १ बजेर १५ मिनेट जाँदा स्थानीय वृद्ध बलात्कुत भएकी थिईन। कास्की प्रहरीले बृद्ध महिला बलात्कृत भएको उजुरीको आधारमा स्थानी रेबतीरमण पक्राउ परेको जनाउएका छ। 
 
सल्यानबाट छोरा बुहारीसहित पोखरा नहर चोकमा भाडाको घरमा बस्दै आएकी वृद्ध महिलालाई सोहि घरमा बस्दै आएका ५५ बर्षिय रेवतीरमण पौड्यालले बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले नेपाल समयलाई जानकारी गराएका छन। 

वैदेशिक रोजगारीबाट फर्किएका रेवतीरमण पौड्याल स्थाई घर पोखरा बेगनासमा रहेको र पछिल्लो समय श्रीमती तथा छोरीसहित नहर चोकमा भाडाको घरमा बस्दै आएका थिए।

कास्की प्रहरीले पौड्याललाई जबरजस्तीकरणी मुद्धामा अनुसन्धान भैरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।