शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मुख्यमन्त्रीको पहिलो विदेश भ्रमण चीन, नाका खोल्‍ने विषयमा कुरा हुने

कर्णालीका मुख्यमन्त्रीको पहिलो विदेश भ्रमण चीन, नाका खोल्‍ने विषयमा कुरा हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो पटक विदेश भ्रमणमा चीन जान लागेका छन्। 

छिमेकी देश चीन सिमानाका नाकाहरु खुलाउने र कर्णालीमा अन्तर्राष्ट्रिय लगानी जुटाउन शाही चिन जान लागेका हुन्। ‘भ्रमणमा चीनसँग जोडिएका नाका खोल्न र सञ्चालनमा ल्याउने विषयमा छलफल हुनेछ।’ मुख्यमन्त्री शाहीले भने, ‘नाका खुलेपछि कर्णालीको विकासमा टेवा पुग्‍नेछ।'  

उनले थपे, ‘कर्णालीमा अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्ने अपेक्षा गरेका छौं।’ यसका साथै चिन सरकारले 'वान बेल्ट वान रोड' परियोजना कर्णाली प्रदेशबाटै शुरु गर्न समेत भ्रमण टोलीले आग्रह गर्नेछ।

आगामी असोज ३ गते पहिलो पटक मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन्। 

मुख्यमन्त्री कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भ्रमण केन्द्रीय नेतृत्वको टोलीसहित सेप्टेम्बर १९ देखि २४ तारिखसम्म चिनमा रहनेछन्। चीनको सिचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री शाहीसहितको टोली चिन जान लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।