शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिरबाट लडेर घाइते भएका रनवीरको हेलिकोप्टरबाट उद्धार

भिरबाट लडेर घाइते भएका रनवीरको हेलिकोप्टरबाट उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- भिरबाट लडेर गम्भीर घाइते बाजुराको हिमाली गाउँपालिका-४ का ३३ बर्षीय रनवीर भण्डारीको उपचारका लागि हेलिकोप्टर प्रयोग गरिएको छ।
 
शुक्रबार बिहान घर नजिकैको भिरबाट लडेर घाइते भएका भण्डारीको नजिक स्वास्थ संस्था नभएर उपचारमा समस्या भएपछि प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टरबाट सुर्खेत लगिएको हो। 

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार यातायातकोसमेत सुविधा नभएको दुर्गम क्षेत्रमा उपचारको अभावमा ज्यान नै जान सक्ने भएपछि रुगिनको बोर्ताबाट सुर्खेतसम्म हेलिकोप्टरमा लगिएको र त्यहाँबाट थप उपचारको लागि कोहलपुर पुर्‍याईएको छ। 

हेलिकोप्टरको खर्च सामाजिक विकास मन्त्रालयले व्यहोर्ने छ। प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोराडी, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह र प्रदेश सभा सदस्य बलदेव रेग्मीको पहलमा उक्त कार्य भएको मन्त्रालयले जानकारी दिएको छ। 

सामाजिक विकास मन्त्रालयले यसअघि पनि बझाङको एक सुत्केरी महिलालाई स्थानीयस्तरमा उपचार असम्भव भएपछि हेलिकोप्टरबाट कोहलपुर लगेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।