शनिबार, कात्तिक २९, २०८२

आजबाट सुरु हुँदैछ कतारमा विश्वकपको भव्य माहोल

नयाँ संविधान आएपछि आज नेपालमा दोस्रा पटक प्रतिनिधि सभाको चुनाव हुँदैछ। यतिबेला नेपाल देश निर्वाचनमा होमिएको बेलामा विश्वक भने कतार विश्वकपको पहिलो खेल पर्खिएर बसिरहेको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- नयाँ संविधान आएपछि आज नेपालमा दोस्रा पटक प्रतिनिधि सभाको चुनाव हुँदैछ। यतिबेला नेपाल देश निर्वाचनमा होमिएको बेलामा विश्वक भने कतार विश्वकपको पहिलो खेल पर्खिएर बसिरहेको छ।

National life

हरेक चार वर्षमा हुने फिफा विश्वकप आजबाट कतारमा सुरु हुँदैछ। २२औं पटकमा एसियाले आयोजना गर्नपाएको यो नै दोस्रो विश्वकप हो। त्यस्तै गल्फ देशमा आयोजना भएको यो नै पहिलो विश्वकप हो। यसहिसाबले पनि एसियाली देशका लागि यो विश्वकप निकै महत्त्वपूर्ण रहेको छ।

नेपाललको सबैभन्दा नजिकको विश्वकप पनि यहि हुँदैछ। तर कतार विश्वकप सुरु हुनुअघि यसले निकै आलोचना भने खप्नुपर्‍यो। त्यति मात्र होइन कतारमा आप्रवाशी कामदारई गरिएको व्यवहार, सुविधा, तलब, पानीको व्यवस्था, साथै उनीहरूको दुर्घटनाको विषयालाई लिएर पटक-पटक रिपोर्टिङ भएका छन्।

गार्डियनले अघिल्लो वर्ष सार्वजनिक गरेको एक रिपोर्टअनुसार त्यहाँ ६ हजार पाँच सय आप्रवाशी कामदारको मृत्यु भएको छ।

कतारमा आप्रवाशी कामदारको धेरै मृत्यु हुनुका पछि त्यहाँको गर्मीलाई लिइएको छ। साथै कतारको जनसंख्याको ८५ प्रतिशत संख्या त त्यहाँ आप्रवाशी नै रहेका छन्।

Laxmi sunrise bank
kumari

जतिबेला फिफाले यो विश्पकप कतारलाई दियो त्यतिबेला कतारको जनसंख्या १७ लाख मात्र थियो। अनि फिफाका अध्यक्ष सेप ब्लाटरले कतारलाई यो विश्वकप सुम्पिएको घोषणा गरेका थिए।

तर केहि दिनअघि स्विट्जरल्यान्डको एक मिडियासँग कुरा गर्दै उनले त्यो निर्णय गलत गरेको बताएका छन्। ‘विश्पकप आयोजना गर्नका लागि कतार साह्रै सानो देश हो। उसले विश्वकप पाउनु ठूलो कुरा हो,’ ब्लाटरले भनेका छन्। यसअघि उनउलाई भ्रष्टाचारको कारण फिफाले प्रतबिन्ध पनि लगाइसकेको छ। उनलाई सन् २०२८ सम्मको प्रतिबन्ध लागेको छ।

अहिले कतारमा २ दशमलव ९ मिलियन (२९ लाख) मानिस बसोबास गरिरहेका छन्। यो विश्पकपमा त्यहाँ १५ लाख मानिसले भ्रमण गर्ने पक्षेपण गरिएको छ।

त्यसैले त्यत्रो संख्यामा मानिस बस्ने होटेल, हिँड्ने बाटो साथै थप ६ वटा रंगशाला बनाउने क्रममा धेरै आप्रवाशी कामदारको मृत्य भएको छ। तर, कतार सरकारले मृत्यु हुने कामदारको संख्या गलत भएको दाबी गर्दै आएको छ।

उसले धेरै प्राकृतिका रूपमा निधन भएको भनेको छ भने सबै कामदारको मृत्यु पूर्वाधार निर्माणका क्रममामात्र नभएको उसनको दाबी छ। सन् २०१० मा कतारले विश्वकप आयोजनाको अधिकार पाउँदा उसँग दुईवटा मात्र रंगशाला थियो। त्यसपछि उसले आठ रंगशाला थप गरेको हो। अहिले कतारमा ५५ किमी आसपासमा ति आठै रंगशाला निर्माण गरिएका छन्।

यता विश्पकपको अघिल्लो दिन मात्र कतारले फिफाका अध्यक्ष जियान्नी एन्फान्टिनोले कतार विश्वकप सुरु हुने अघिल्लो दिन त्यो देशमा मानवअधिकारबारे पश्चिमा देशहरुले गलत रिपोर्टिङ गरेको अरोप लगाएका छन्।

उनले विश्वकपको इभमा हिपोक्रेसी (पाखंडी) रिपोर्टिङ गरेको आरोप लगाएका हुन्।

उनले भनेका छन्, ‘यदि युरोपले यी मानिसहरूको भाग्यको बारेमा साँच्चै चासो राख्छ भने तिनीहरूले कानुनी रूपमा त्यहाँ रोजगान सिर्जना गर्न सक्छन्। यी धेरै कामदारहरू काम गर्न युरोपमा आउन सक्छन्। बरु उनीहरूलाई केही भविष्य, केही आशा दिनुहोस्।’

प्रकाशित: Nov 20, 2022| 13:19 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।