बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप डेब्यूः फेरिएको कतारी फुटबलको अन्तिम परीक्षा अनि आलोचनाको उत्तर

विश्वकप डेब्यूः फेरिएको कतारी फुटबलको अन्तिम परीक्षा अनि आलोचनाको उत्तर

विश्वकपमा एसियाबाट खेल्ने देशहरुको अगाडि आउँछन् दक्षिण कोरिया र इरान। अहिले कतार ती देशहरूसँग टक्कर गर्न र हराउन सक्ने स्थितिमा पुगेको छ।
 |  आइतबार, मंसिर ४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- यो विश्वकपमा कतार किन छ? त्यसको सिधा उत्तर हुन्छ- उसले विश्वकप आयोजना गर्‍यो अनि स्वत: समावेश भयो। योभन्दा अघिका विश्वकप छनोट हेर्ने हो भने त्यसरी विश्लेषण गर्न पाइन्छ। तर यो समय कतारको प्रदर्शन फरक छ।

triton college

उसले पछिल्ला चार वर्षमा एसियाली देशहरुकै तुलनामा सबैभन्दा धेरै खेल खेलेको छ। एशियन च्याम्पियन पनि भइसकेको छ कतार। अनि उसले युरोप र अमेरिकामा गएर पनि त्यहाँका ठूला टिमविरुद्ध खेलिसकेको छ। त्यसैले अब कतारको फुटबल स्तर पहिलेको जस्तो रहेन।

उसले पछिल्लो समय क्यानडा, चिली, घाना, बोलिभिया, अल्जेरिया, अजरबैजान, सर्बिया, पोर्चुनल, लक्जम्बर्ग, अमेरिका, ब्राजिल, कोलम्बिया, दक्षिण कोरियाजस्ता देशसँग खेलिसकेको छ। अझ रोचक कुरा त उसले ब्राजिलसँगको खेलमा दुई गोलको मात्र सामना गरेको थियो। बंगलादेशलाई पाँच गोलले हराउन सक्ने कतार दक्षिण कोरियालाई हराउन सक्ने भइसकेको छ।

विश्वकपमा एसियाबाट खेल्ने देशहरुको अगाडि आउँछन् दक्षिण कोरिया र इरान। अहिले कतार ती देशहरूसँग टक्कर गर्न र हराउन सक्ने स्थितिमा पुगेको छ। विश्वकप खेल्ने भएपछि उसले एसिया र युरोप दुवैको छनोट खेल्ने अवसर पाएको थियो। त्यहाँ सर्बिया र पोर्चुगलसँग हार बेहोरे पनि लक्जमबर्गलाई बराबरीमा रोकेको थियो। 

युरोपमा नाम चलेको देश अजरबैजानसँग पनि कतारले विश्वकप छनोटमा बराबरी गरेको थियो। त्यसैको बलले होला सायद उसले जति पनि एसियाली देशसँग खेल्दै आएको छ सबैलाई हराउँदै आएको छ। र पछिल्ला खेलहरुमा कतारले जमैका, घाना, मोरक्को, स्लोभेनिया र बुल्गेरियालाई जित्ने अवसर दिएकै छैन।

corrent noodles
Metro Mart

फिफा विश्वकप सन् २०२२ आजबाट सुरु हुँदै गर्दा कतारको पहिलो भेट इक्वेडरसँग हुनेछ। उद्घाटन समारोहसँगै रहेको खेलमा। अल केट रंगशालामा खेल्दै गर्दा कतारसामु एउटै लक्ष्य हुनेछ यि सबै अनुभवको उपयोग गर्ने र सुखद् सुरुआत गर्ने। गएको सेप्टेम्बर २३ मा कतारले क्यानडासँग २-१ को हार बेहोरेको छ। त्यो बाहेकको खेल हेर्ने हो भने लामो समयदेखि विश्वकपमा आयोजकले हार व्यहोरेको छैन। त्यसैले कतार जितको रेकर्डहरुलाई बचाउन चाहन्छ। साथै दबाब पनि त छ।

आज कतार विश्वकपलाई विश्वले गरिरहेको आलोचनाको जवाफ दिन चाहन्छ कतार। अनि देखाउन चाहन्छ कि कतारमा विश्वकपको आयोजना गर्ने योजना गलत थिएन। किनभने उसले विश्वकपको आयोजना मात्र गरेको छैन, विश्वकपमा डेब्यु पनि गर्दैछ।

कतारले दुई सय बिलियन अमेरिकी डलरभन्दा धेरै खर्च गरेर विश्वकपको आयोजना गर्न लागेको हो। यो रकम पछिल्लो समय रसियाले विश्वकपमा गरेको लगानीको तुलनामा १० गुणाभन्दा धेरै हो। रुसले ११ दशमलव ६ बिलियनमा विश्वकप आयोजना गरेको थियो।

कतार र इक्वेडर
कतार र इक्वेडरले अहिलेसम्म तीन खेलबाट समान एक-एक खेल जितेका छन्। जसमध्ये एक खेल १-१ गोलको बराबरी भएको थियो। सन् २०१८ मा कतारले इक्वेडर माथि ४-३ को जित निकालेपछिको यि दुई टिम फेरि भिड्न लागेका हुन्। त्यस्तै कतारले खेलेका पछिल्ला ६ खेल (२-२ चिली,०-२ क्यानाडा, १-१ जमैका, २-१ घाना, २-२ मोरोक्को, ०-० स्लोभेनियाँ, २-१ बुल्गेरिया ) एक खेलमा मात्र पराजय बेहोरेको छ।

कतारका कप्तान हसन अल हाएडुस विश्वकपमा डेब्यु गर्न तयार रहेको बताउछन्। त्यस्तै उनी आफ्नो टिमका सबै उत्साहित भएको र पहिलो खेलमा सुखद नतिजाका साथ अगाडी बढ्ने लक्ष्य रहेको उनी सुनाउछन्।

कतारी मिडियासँग हसन डेब्यु विश्वकपमा टिमले इतिहास कोर्ने बताउँछन्, ʻविश्वकप डेब्युलाई व्यक्त गर्ने मसँग शब्द नै छैन। जहाँ टिमको कप्तानी सम्हाल्न पाउनु मेरो लागि भाग्यको कुरा थियो। टोलि नै प्रतियोगिताको लागि उत्साहित र तयार छ। इक्वेडर बलियो टोलि हो, तर उनीहरु माथि जित निकाल्दै डेब्यु खेलमा सुखद् नतिजाको लक्ष्यमा छौं।ʼ

उनले आफ्नो समूहमा बलिया टिमहरु रहेकाले उनीहरुसँग खेल्न धेरै गाह्रो हुने बताएका छन्। भन्छन्, ʻसबै फरक-फरक ठाउँबाट आएका छन् उनीहरु सबै मजबुत टिमका साथ छन्। तर पनि हामी सकारात्मक नतिजाको खोजीमा रहेका छौं। हामी हाम्रो पहिलो विश्वकपमा इतिहास कोर्ने छौं।ʼ

त्यस्तै कतारी टिमका मुख्य प्रशिक्षक फ्लिक्स सान्चेस यो पल सबैभन्दा महत्तवपूर्ण र ऐतिहासिक रहेको बताउँछन्। उनले घरेलु मैदानमा घरेलु समर्थकमाझ विश्वकप खेल्दाको अनुभव व्यक्तै गर्न नसकिने बताए। बलियो टोलि इक्वेडरले विश्वकप छनोटमा राम्रो खेलेको र अनुभवी टिम रहेको बताएका छन्। ʻकठिन क्षेत्रबाट विश्वकपमा स्थान बनाउनु नै ठूलो कुरा हो। इक्वेडरले त्यसलाई पूरा गर्दा धेरै ठूलो उपलब्धि गरेको छ, ʼ उनले भने।

उता इक्वेडर आठ वर्षपछि विश्वकपमा फर्किंदै छ। सन् २०१८ को विश्वकपमा स्थान बनाउन नसकेको इक्वेडर यसपटक उत्कृष्ट प्रदर्शनका साथ विश्वकपमा फर्किएको हो। डेब्यु गर्दै गरेको कतारविरुद्ध मैदान उत्रिँदै गर्दा इक्वेडरको छ खेलदेखिको अपराजित यात्रा (०-०मेक्सिको १-०केप भर्डे ०-०साउदी अरेबिया ०-०जापान र ०-०इराक) भुल्न हुँदैन।

खेलेका पछिल्ला छ खेलमध्ये दुईमा जित र चारमा बराबरी गर्दै शानदार लयमा छ। इक्वेडरका कप्तान एनर भ्यालेन्सिया टिमको यही लयलाई निरन्तरता दिँदै टिमलाई अगाडी लैजाने बताउँछन्। ३३ वर्षे स्ट्राइकर भ्यालेन्सिया केरियरको अन्ततिर आइपुगिसकेका छन्। यो विश्वकप आफ्नो अन्तिम हुन सक्ने बताउँदै आएका उनी यसपटक विश्वकपमा माथि पुर्याउने लक्ष्य रहेको बताउँछन्। टक स्पोर्टससँग उनले भने, ʻ पछिल्लो समय हाम्रो टिम उच्च लयमा रहेको छ। हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं। आयोजक कतारविरुद्ध उसकै मैदानमा खेल्न पक्कै  सहज छैन। तर हाम्रो टिम उच्च मनोबलका साथ मैदान उत्रिने छ।'

उनले पहिलो खेलमा जित निकालेर सुखद् सुरुवातको चहाना पनि राखेका छन्। भन्छन्, ʻहामी सम्भव भएसम्म माथिल्लो चरणमा पुग्न प्रयास गर्नेछौ। यसपटक मौका पनि छ। मौकालाई सदुपयोग गर्नेछौ।ʼ

त्यसैगरि, इक्वेडरका अनुभवी प्रशिक्षक गुस्ताभो अलफारो कतारविरुद्धको पहिलो खेल नै आफ्ना लागि विश्वकपको फाइनल जस्तो हुने बताउँछन्। उनी भन्छन्, ʻआयोजक कतारविरुद्धको पहिलो खेल हाम्रा लागि फाइनलबराबर हुनेछ। किनकी यो खेल चुनौतीपूर्ण हुनेछ। कतारको हजारौं समर्थक घरेलु मैदानमा घरेलु टिमविरुद्ध खेल्न सहज हुने छैन।  कतार धेरै राम्रो टिम हो, उसले घरेलु मैदानको फाइदा उठाउने छ। हामी राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं। हामी पहिलो खेल जितेर समूह चरण सहज रुपमा पार गर्ने बाटो बनाउने छौं।ʼ

प्लेयर्स टु वाच 
अलमोइज अलिः अलि कतारका लिडिङ गोल स्कोरर हुन्। तीन वर्षअघि कतार एशियन च्याम्पियन बन्दा उक्त सफलता हासिल गरेका अलि इक्वेडरविरुद्धको खेलमा खतरा बन्न सक्छन्। कतारका लागि खेलेका धेरै खेलमा उनले महत्वपूर्ण गोल गरेका छन्। कतारका लागि किर्तिमानी ४२ अन्तराष्ट्रिय गोल गरेका अलि कतारका सबैभन्दा सफल खेलाडीका रुपमा परिचित छन्। उनी कतारका लागि सबैको नजरमा रहने खेलाडी हुन्।

इक्वेडर
पर्भिस स्टुपिनानः मैदानको दायाँ भागमा डिफेन्डरको भूमिकामा रहने उनले कतार विरुद्धको खेलमा ठूलो प्रभाव पार्न सक्छन्। साइड डिफेन्डर तर गोल गर्ने ठाउँसम्म पुग्ने उनको खासियत हो। प्रिमियर लिगमा ब्राइटन क्लबबाट खेलिरहेका उनी मिडफिल्डर र फर्वाडसँग राम्रो तालमेल मिलाएर खेल्न सक्ने खेलाडी हुन्। इक्वेडरलाई कतार पुर्याउन उनी टिमको सबैभन्दा मुख्य खेलाडी थिए।

सम्भावित सुरुआती ११:
कतार- साद अलशीब, बोउलेम खाउखी, बसम अलरावी, अब्देलकरिम हसन, पेड्रो मिगुएल, अब्दुलअजीज हातम, हसन अलहायडोस, करिम बौदियाफ, होमाम अहमद, अल्मोज अली, अक्रम अफिफ

इक्वेडर- अलेक्स्जेन्डर डोमिन्गुएज, रोबर्ट अर्बोलेडा, फेलिक्स टोरेस, पिएरो हिनकापी, पर्भिस एस्टुपिनान, जेगसन मेन्डेज, मोइसेस काइसेडो, गोन्जालो प्लाटा, जोसे सिफुएन्टेस, रोमारियो इबारा,  इनर भ्यालेन्सिया


प्रकाशित: Nov 20, 2022| 14:51 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।