आइतबार, जेठ ३१, २०८३

सुदूरपश्चिममा १६ लाख मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ लाख ५६ हजार चार मतदाताले आज मतदानमा भाग लग्न पाउने छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

धनगढी- प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ लाख ५६ हजार चार मतदाताले आज मतदानमा भाग लग्न पाउने छन्।

National life

नौ जिल्ला रहेको सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ।

प्रतिनिधि सभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन्। पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन्।

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचलन गरिएका छन्। ती मध्य ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोला रावलले बताए।

सुदूरपश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन्। ती मध्य सुरक्षाका दृष्टिले सात सय १० अति संवेदनशील, सात सय ७८ संवेदनशील र छ सय ५८ मतदान केन्द्र सामान्य सूचिमा राखिएका छन्।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 07:17 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...