शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मतदानका दिन आन्तरिकमा चार्टर उडान मात्र, अन्तर्राष्ट्रिय भने नियमित

मतदानका दिन आन्तरिकमा चार्टर उडान मात्र, अन्तर्राष्ट्रिय भने नियमित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९
National life
Shivam cement

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ।     

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार ओटा चार्टर उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर उडान गर्ने बताइएको छ।     

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले बताएको छ। अन्तरराष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन्। 

प्रकाशित: Nov 19, 2022| 22:05 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्