सोमबार, मंसिर १८, २०८०

कम समय र सुविधामा ठूलो चुनौतीसँग भिड्दैछ नेपाल

सन्दीप टिमबाटै बाहिरिन पुगेपछि अहिले रोहितले नेपाली टिमको कप्तानी पाएका हुन्। अनुभव लामो नभएका कप्तान त्यो पनि छोटो समयमा नै फेरिइरहँदा प्रशिक्षक प्रभाकरलाई अहिलेको समय चुनौतीपूर्ण लागिरहेको छ।
 |  शनिबार, मंसिर ३, २०७९
averest bankaverest bank

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- नामिबिया सिरिजतर्फ संकेत गर्दै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभावकर रोहित पौडेलको कप्तानी राम्रो भएको तर आगामी चुनौतीहरू खेप्नका लागि टिमलाई समय र सुविधा कम भएको टिप्पणी गर्छन्। रोहित भर्खरै कप्तानी सम्हाल्न थालेका खेलाडी हुन्।

sagarmatha cement

प्रभाकरले नेपाली टिमको प्रशिक्षण नेतृत्व कप्तानको भूमिकामा थिए सन्दीप लामिछाने। उनी पनि कप्तानीका लागि लामो अनुभव भएका खेलाडी होइनन्। टिमलाई सिकाउने र कप्तानलाई जिम्मेवार बनाउने काममा नै प्रभावकरले मेहनत गरिरहनु परेको छ। सन्दीप टिमबाटै बाहिरिन पुगेपछि रोहितले नेपाली टिमको कप्तानी पाएका छन्। अनुभव लामो नभएका कप्तान त्यो पनि छोटो समयमा नै फेरिइरहँदा प्रशिक्षक प्रभाकरलाई अहिलेको समय चुनौतीपूर्ण लागिरहेको छ। 

नेपाली टिमले केन्या भ्रमण गर्दा खेलाडी र प्रशिक्षकबीच भनाभन भइरहेको विषय बहसमा आएको थियो। के यो सत्य हो? ‘यसलाई प्रशिक्षक र खेलाडीको इस्यू भनेर बयान गर्नु हुँदैन। म धेरै कडा स्वभावको छु। अनि चाँडो रिजल्ट चाहन्छु। मैले जुन कुरा सिकाइरहेको छु। त्यसमा फिट हुने खेलाडी नै टिममा रहन्छन्। मेरो खेलाडीलाई हेर्ने आफ्नै नजर छ,’ प्रभाकरको जवाफ छ, ‘जसले जे भने पनि म विश्वकपमा खेल्ने शैली फलो गरिरहेको हुन्छु।’

प्रभाकर नेपाली क्रिकेटले पाएको उत्कृष्ट प्रशिक्षक हुन्। खेलाडी उमेरमा उनी राम्रा ओपनर पनि बलर पनि थिए। त्यसैले उनी यो युवा टिमलाई क्रिकेटको जग बनाउन चाहन्छन्। यसै सिलसिलामा आयोजना भएको थियो नेपाल–यूएई एकदिवसिय सिरिज।

एसोसिएट देशमा पछिल्लो समय युएई बलियो टिमका रूपमा दरिएको छ। नेपाललाई टी–२० विश्वकपसम्म पुग्न रोक्ने टिम पनि युएई नै थियो। पछिल्ला समय उसले बंगलादेश, स्कटल्यान्ड, नेदरल्यान्ड्स र श्रीलंकाजस्ता बलिया देशसँग खेलिसकेको छ। अष्ट्रेलियामा भर्खरै सकिएको टी-२० विश्वकपमा वेस्ट इन्डिजको सामना पनि गरिसकेको छ। यसकारण पनि युएईका खेलाडीले धेरै अनुभव बटुलेर नेपालविरुद्ध सिरिज खेल्नका लागि काठमाडौं आइपुगेका थिए। त्यो बलियो समूहलाई नेपालले २-१ ले शुक्रबार हराएर सिरिज नेपालले जित्यो।

प्रकाशित: Nov 19, 2022| 15:44 शनिबार, मंसिर ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्