बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

रासस

रासस

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ। 

triton college

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा भव्यरूपमा मनाइने यो जात्रामा बाह्य एवं आन्तरिक पर्यटकको पनि भीड लाग्ने गर्छ। दुई विश्व सम्पदा क्षेत्रमा जोडिएको जात्रा भएकाले पनि यसमा दर्शनार्थीको भीड लाग्ने गरेको छ। प्रत्येक वर्ष मार्गशीर्ष नवमी र दशमी गरी दुई दिन पशुपति क्षेत्रमा हुने गुह्येश्वरी जात्राका लागि तलेजु भवानीको मूर्ति बिहीबार गुह्येश्वरी मन्दिर लगिएको थियो। दुई दिने जात्रा सकी शुक्रबार राति मूर्तिलाई मन्दिरमा स्थापना गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। 

जात्राका क्रममा शुक्रबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो। जात्रा सकी शुक्रबार राति मूर्ति तलेजु मन्दिरमै फर्काइएको हो। पशुपति क्षेत्रमा मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ। यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिजसहित पूजा आराधना गर्ने परम्परा छ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए। यो जात्राका क्रममा हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिरबाट मूर्ति गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ।  

दुई दिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो। बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। 

corrent noodles
Metro Mart

गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ। 

 कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ। बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ। जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्। जात्रा सकिएसँगै शुक्रबार गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो।

गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिङ्गो उठाइएको थियो। गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिए। जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ। 

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याइएको हो। जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ। तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै शुक्रबार राति फिर्ता गरेको हो।  

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ। पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो।

प्रकाशित: Nov 19, 2022| 11:03 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।