शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा 'बेस्ट एयरलाइन्स अवार्ड' आयोजना गरिँदै, हायात प्यालेस हस्पिटालिटी पार्टनर

नेपालमा 'बेस्ट एयरलाइन्स अवार्ड' आयोजना गरिँदै, हायात प्यालेस हस्पिटालिटी पार्टनर

नेपाली पर्यटन क्षेत्रलाई विस्तार गर्न हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- नेपालमा ‘बेस्ट एयरलाइन्स अवार्ड’ आयोजना हुने भएको छ। नेपाली पर्यटन क्षेत्रलाई विस्तार गर्न हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो। 

National life insurance

आगामी १३ डिसेम्बरमा विशेष समारोह आयोजना गर्दै ‘बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल २०२२’ घोषणा गर्ने तयारी छ। नेपाली पर्यटन क्षेत्रलाई विश्वका सञ्चारमाध्यमको चासोमा ल्याउने कार्यक्रमको लक्ष्य रहेको आयोजकका प्रतिनिधि चन्द्रलाल गौतमले जानकारी दिए। विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स अवार्ड अन्तर्गत नेपाली वायुसेवाका लागि ३ विधा छुट्याइएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवाले ११ विधामा प्रतिस्पर्धा गर्ने र बाँकी २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका निर्वाह गर्ने विभिन्न साझेदारमध्येबाट उत्कृष्टलाई चयन गरिने बताइएको छ।

विभिन्न माध्यमबाट जनमत संकलन तथा निर्णायक मण्डलको निर्णयका आधारमा बेस्ट एयरलाइन्सका विधामा उत्कृष्ट कम्पनी चयन हुनेछन्। निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा,होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ,होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा,स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे,नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे,पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर,एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती,कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर,लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह,सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो छन्। 

अवार्डमा काठमाडौं भएर अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक र आन्तरिक तर्फका ९ वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन्। यस्तो कार्यक्रम नेपालमा पहिलोपटक हुन लागेको आयोजकको दाबी छ।

यसैबीच हायात प्यालेस काठमाडौं अवार्ड कार्यक्रमको हस्पिटालिटी पार्टनर रहने भएको छ। कार्यक्रमलाई स्मरणीय बनाउन हायात प्यालेस काठमाडौं र बेस्ट एयरलाइन्स अवार्ड्स नेपालबीच बुधवार आयोजित विशेष कार्यक्रममा सम्झौता समेत गरिएको छ। हायात प्लेस काठमाडौंका डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ अचिन्त रस्तोगी र बेस्ट एयरलाइन्स अवार्ड्स नेपालका अध्यक्ष सागरदेव लाखेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

worldlink

प्रकाशित: Nov 18, 2022| 07:49. 02 शुक्रबार, मंसिर २, २०७९

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।