शुक्रबार, जेठ २९, २०८३

मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने

आन्तरिक राजस्व विभागले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- आन्तरिक राजस्व विभागले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ। 

National life

राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले १५ भन्दा बढी उत्कृष्ट करदातालाई सम्मान गर्ने जनाएको हो।

नेपालमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको दिनको रूपमा राष्ट्रिय कर दिवस मनाइन्छ। मंसिर १ गते २०५४ मा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको हो। 

प्रत्येक वर्ष मंसिर १ गते करदातालाई सम्मान गरिने भएतापनि निर्वाचन आचार संहिताका कारण ७ गतेलाई सारिएको हो। 

'स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार' भन्ने मूल नाराको साथ यस वर्ष कर दिवस मनाउन लागिएको छ।

Shivam cement

प्रकाशित: Nov 18, 2022| 07:18 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्