आइतबार, भदौ २३, २०८१

nespernesper

विश्वकप उपाधि हात पार्ने रणनीतिमा बेल्जियम

करिब तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम सन् २०२२ को नयाँ वरीयतामा दोस्रो स्थानमा झरेको छ। हालसम्म उपाधिविहीन रहेको बेल्जियमलाई उत्कृष्ट टिम कम्बिनेसन र अनुभवी खेलाडीका कारण दावेदार मानिएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं– कतार विश्वकपमा ब्राजिलपछिको सबैभन्दा ठूलो वरीयताको हैसियत लिएर मैदानमा पाइला राख्दै छ, बेल्जियम। करिब तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम सन् २०२२ को नयाँ वरीयतामा दोस्रो स्थानमा झरेको छ। हालसम्म उपाधिविहीन रहेको बेल्जियमलाई उत्कृष्ट टिम कम्बिनेसन र अनुभवी खेलाडीका कारण दावेदार मानिएको छ।

triton college

बेल्जियम प्रतियोगिताको समूह ‘एफ’ मा रहेको छ। उसले यस समूहमा क्यानडा, मोरक्को र क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले विश्वकपमा क्यानडाविरुद्ध (अहमद बिन अली रंगशाला) मा ७ मंसिर राती १२–४५ बजे पहिलो खेल खेल्दै छ। त्यस्तै, दोस्रो खेल मोरक्कोविरुद्ध (अल थुमामा रंगशाला) मा १२ मंसिर बेलुकी ६–४५ बजे खेल्नेछ। अन्तिम खेल क्रोएसियाविरुद्ध (अहमद बिन अली रंगशाला) मा १५ मंसिर बेलुकी ८–४५ बजे खेल्नेछ।

लामो समय चोटग्रस्त भई टिमबाहिर रहेका इडेन हाजार्ड चोटमुक्त हुँदै मैदानमा फर्किइसकेका छन्। रियलमा राम्रो प्रदर्शन नगरेपछि आलोचना खेपिरहेका हाजार्ड बेल्जियमका टिम कप्तान हुन्। तर हाजार्ड आफू अझै पनि विगतझैं उच्च लयमा खेल्न सक्ने र आफ्नो टिमलाई बलियो रूपमा कतारमा प्रस्तुत गराउने बताउँछन्।

स्पोर्टस् स्टारसँग कुरा गर्दै हाजार्ड भन्छन्, ‘म विश्वकपका लागि उत्साहित छु। मलाई लाग्छ, यसपालिको प्रतियोगितामा हाम्रा लागि धेरै मौका छन्। मेरा लागि विगतमा केही समय अप्ठेरा थिए तर अहिले ठीक भइसकेको छु। त्यसैले म पूर्ण विश्वस्त छु, हामी यस पटक सफलता हात पार्नेछौं। यो मेरो तेस्रो विश्वकप हो भने म टिमको कप्तान पनि हुँ। त्यसैले अझै पनि विश्वकपमा बेल्जियमले धेरै कुरा गर्न सक्छ भन्ने प्रमाणित गर्नेछु। विश्वकपमा हाम्रो पहिलो लक्ष्य भनेको समूह चरण पार गर्नु हो। त्यसपछि क्रमिक रूपमा अगाडि बढ्नेछौं।’


Metro Mart
vianet

 बेल्जियमका चुनौती

बेल्जियम आफ्नो टिममा केभिन ड्रेबुइने, रोमेरो लुकाकु, इडेन हाजार्ड, थ्रोगेन हाजार्ड, थोमस म्युनियरजस्ता अट्याकिङ भएर पनि सोचेअनुसारको प्रदर्शन गर्न सकेका छैनन्। क्लब फुटबलमा राम्रो प्रदर्शन गरेर संसारभर आफ्नो नाम चिनाइरहेका उनीहरूले राष्ट्रिय टिममा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। फिफा ¥याकिङ राम्रो हुनुका साथै मजबुत टिम भए पनि बेल्जियम उपाधिविहीन छ। 

अब बेल्जियमको टिमलाई सन् २०१० बाट संघर्ष गरेर बलियो बनाएका अधिकांश खेलाडीले उमेर हदका कारण संन्यास लिने समय भइसकेको छ। बेल्जियमका दुई प्रमुख सेन्टर–ब्याक टोबी एल्डरविरेल्ड र जान भेर्टोनघानजस्ता खेलाडी, जसले युरोपका ठूला क्लबमा व्यावसायिक फुटबल खेल्न छाडिसकेका छन्, आफ्नो बढ्दो उमेरका कारण। त्यस्तै, डेब्रुएना, हाजार्ड, लुकाकुजस्ता महत्त्वपूर्ण खेलाडी पनि उमेरकै कारण लामो समयसम्म खेल्न सक्दैनन्। त्यसैले बेल्जियमका पुराना पुस्ताको अन्तिम समय आइसकेको छ। उनीहरू यस पटकको विश्वकपमा आफूलाई प्रमाणित गर्ने लक्ष्यमा छन्। यी पुस्ताले बेल्जियमलाई सन् २०१४ देखि अहिलेसम्मका सबै ठूला प्रतियोगितामा कम्तीमा क्वाटर्रफाइनलसम्म पु¥याएका छन्। 

करिब तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम सन् २०२२ को नयाँ वरीयतामा दोस्रो स्थानमा झरेको छ। हालसम्म उपाधिविहीन रहेको बेल्जियमलाई उत्कृष्ट टिम कम्बिनेसन र अनुभवी खेलाडीका कारण दावेदार मानिएको छ।

यसै प्रसंगमा म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर केभिन डेब्रुएना पनि विश्वकपालाई लिएर उत्साहित रहेको बताउँछन्। यस पटकको विश्वकप आफ्नो अन्तिम हुन सक्ने उनको भनाइ छ। बीबीसी स्पोर्टस्सँग कुरा गर्दै उनी विश्वकपबारे भन्छन्, ‘यस पटकको विश्वकप मेरो अन्तिम हुन सक्छ। प्रतियोगालाई लिएर एकदमै उत्साहित छु। यो मेरो तेस्रो विश्वकप हो। तेस्रो सधंै विशेष हुने गर्छ। आशा छ, मेरा लागि पनि केही विशेष हुनेछ। यस पटक हाम्रो टिमबारे धेरै चिन्ता लिइराख्नुपर्ने अवस्था छैन। टिममा सबै खेलाडी फिट छन्। हामी सम्भव भएसम्म उत्कृष्ट खेलेर उपाधि जित्ने लक्ष्यमा छौं। हामीसँग यस पटक अन्तिम मौका छ। जसरी भए पनि त्यसको सदुपयोग गर्नेछौं।’

 सन् २०१० बाट राष्ट्रिय टिमबाट खेल्न सुरु गरेका उनी बेल्जियमका सुपरस्टार खेलाडी हुन्। उनले बेल्जियमका लागि ९३ खेल खेल्दै २५ गोल गरिसकेका छन्। मिडफिल्ड लाइनबाट जादूयी  प्रदर्शन गर्ने उनी टिमको आवश्यकताअनुसार फर्वार्ड लाइनबाट पनि खेल्ने गर्छन्।

विश्वकपमा बेल्जियमको विगत
अहिले राम्रो फुटबल खेलिरहेको बेल्जियमको विश्वकपमा विगत खासै सम्झनलायक छैन। अहिलेसम्म १२ पटकको सहभागितामा अघिल्लो संस्करण सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहनुबाहेक राम्रो रेकर्ड छैन। त्यसबाहेक सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो। सन् २००६ र १० को विश्वकपमा छनोट हुन नसकेको बेल्जियम सन् २०१४ पछि  आक्रामक रूपमा देखिएको हो। त्यसपछि अर्को संस्करणमा तेस्रो स्थान ल्याउनुका साथै फिफा र्‍याङकिङमा पनि एकछत्र राज गर्‍यो। सन् २०१४ पछि रूप फेरिएको बेल्जियम यस पटक अघिल्लो संस्करणभन्दा माथि पुग्न चाहन्छ।

बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी रोमेरो लुकाकु हुन्। उनले बेल्जियमका लागि सर्वाधिक ६८ गोल गरेका छन्। त्यसपछि टिम कप्तान हाजार्डले ३३ गोल गरेका छन्।

विश्वकपमा बेल्जियमको टिम
गोलकिपर: थिबाउट कोर्टुवा, सिमाने मिन्योलेट, कियोन कासेल्स

डिफेन्डर: यान भेट्रोन्घन, टोबी अल्डावेरल्ड, लियान्डर डेन्डोन्कर, जेनो डेबास्ट, आर्थर थिएट, वाउट फिज

मिडफिल्डर: हान्स भेनाकेन, एलेक्स बिट्सेल, युरी टिलेमन्स, अमाडो ओनाना, केभिन डी डेब्रुएना, यानिक कारास्को, थ्रोगन हाजार्ड, टिमोथी कास्टाग्ने, थोमस म्युनियर

फर्वार्ड: रोमेलु लुकाकु, मिची बाट्सुवाई, लुइ ओपेन्डा, चाल्र्स डी केटलेर, इडेन हाजार्ड, रेमेमी डोकु, दृइस मर्टेन्स, लियान्ड्रो ट्रोसार्ड।

प्रकाशित: Nov 18, 2022| 11:13 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।