बिहीबार, वैशाख २०, २०८१

कठिन समूहमा रहेको मेक्सिको कहाँसम्म पुग्ला?

मेक्सिकोसँगै यस समूहमा अर्जेन्टिना, पोल्यान्ड र साउदी अरेबिया रहेका छन्। मेक्सिकोको विगत हेर्दा अर्जेन्टिना सबैभन्दा कठिन प्रतिस्पर्धी हो।
 |  शुक्रबार, मंसिर २, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- कतार विश्वकप सुरु हुनु केही दिनमात्र बाँकी रहेका बेला धेरै समर्थकले उत्तर अमेरिकी टिममाथि पनि नजर लगाउन थालेका छन्। अहिलेसम्म त्यति ठूलो उपलब्धि हासिल नगरेका कारण समर्थकहरु यसपटक नयाँ आशा लिएर कतार विश्वकप हेर्दैछन्। फिफा वरीयताको १३ औं स्थानमा रहेको मेक्सिको उत्तर अमेरिकी राष्ट्रमा शीर्ष स्थानमा रहेको छ, जसले अघिल्लो संस्करणमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो।

triton college

विश्वकपमा यसपटक मेक्सिको समूह सी मा रहेको छ। कठिनाइका हिसाबले मेक्सिको मध्यम समूहमा छ। मेक्सिकोसँगै यस समूहमा अर्जेन्टिना, पोल्यान्ड र साउदी अरेबिया रहेका छन्। मेक्सिकोको विगत हेर्दा अर्जेन्टिना सबैभन्दा कठिन प्रतिस्पर्धी हो। त्यसबाहेकका टिममध्ये मेक्सिको साउदी अरेबियाभन्दा बलियो देखिन्छ भने पोल्यान्ड एउटै स्तरको टिम हो। मेक्सिकोले पोल्यान्डविरुद्ध नोभेम्बर २२ मा आफ्नो पहिलो खेल खेल्नेछ। त्यसपछि दोस्रो खेलमा नोभेम्बर २७ मा बलियो प्रतिद्वन्द्वी अर्जेन्टिना र अन्तिम खेलमा डिसेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। 

चर्चित मेक्सिकन गोलकिपर गुलिर्मे ओचा आफ्नो पाँचौं विश्वकपलाई लिएर उत्साहित छन्। अघिल्ला संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण ओचा सबै फुटबलप्रेमी माझ निकै लोकप्रिय छन्। समूह चरणमा अर्जेन्टिना र पोल्यान्ड परेसँगै ३७ वर्षे ओचाले लियोनेल मेस्सी र रोवर्ट लेवान्डोस्कीलाई सामना गर्न तयार रहेको बताएका छन्।

मेक्सिकन मिडियासँग कुरा गर्दै उनले भने, ʽम यसपटकको विश्वकपलाई लिएर धेरै उत्साहित  छु। किनकी यो मेरो पाँचौं विश्वकप हो। साथै यो मेरो अन्तिम विश्वकप पनि हुन सक्छ।  हामी विगत सात संस्करणदेखि लगातार रुपमा विश्वकपमा छनोट भइरहेका छौं। त्यसको एक महत्वपूर्ण हिस्सा बन्न पाएकोमा म आफूलाई धेरै भाग्यमानी ठानेको छु। यसपटक हामी विश्वकपको कठिन समूहमा रहेका छौं। तर पनि हाम्रो टिम उक्त चुनौतीलाई सामना गर्न तयार छ। म व्यक्तिगत रुपमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र पोल्यान्डका लेवान्डोस्कीलाई सामना गर्न अझ धेरै तयार छु।ʼ 

मेक्सिकोको विगत
विश्वकपमा राम्रो टिमको रुपमा आफ्नो नाम बनाएको टिम हो मेक्सिको। उसले अहिलेसम्म यसपटकको सहभागितालाई समेत जोड्दा १७ पटक विश्वकप खेलिसकेको छ। विश्वकपको पहिलो संस्करण सन् १९३० बाटै उसले सहभागिता जनाउँदै आएको छ। मेक्सिकोका लागि पहिलो विश्वकप भने सम्झनलायक बन्न सकेन। उसले उक्त प्रतियोगितामा समूह चरण पनि पार गर्न सकेन। मेक्सिकोले अहिलेसम्म पाँचवटा विश्वकप मात्रै गुमाएको छ, जसमध्ये तीनवटामा छनोट नै हुन सकेन भने एउटामा प्रतिबन्ध लागाइएको थियो भने तेस्रोमा प्रतियोगिताबाट निकालिएको थियो।

corrent noodles
Metro Mart

प्रतियोगिताको पहिलो संस्करणबाटै खेले पनि मेक्सिकोले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो सफलता भनेको सन् १९७० र ८६ संस्करणको क्वाटरफाइनल पुग्नु हो। तर उत्तर अमेरिकी राष्ट्रहरुमा  हेर्दा मेक्सिको विश्वकपका लागि सबैभन्दा सफल टोली हो। मेक्सिको सन् १९९० फिफाको प्रतिबन्धमा परेर विश्वकप खेल्न नपाएपछि उसले सन् १९९४ बाट अहिलेसम्म सबै संस्करणमा छनोट भएर अन्तिम १६ सम्म स्थान बनाएको छ। 

मेक्सिको सन् २०२६ को विश्वकपको सहआयोजक राष्ट्र पनि  हो। उक्त विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन्। सहआयोजकको रुपमा यी तीनै टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

विगतलाई भुलाउँदै मेक्सिकन प्रशिक्षक नयाँ इतिहास कोर्ने लक्ष्यमा छन्। मेक्सिकोका अनुभवी प्रशिक्षक गेराडो मार्टिन्हो विश्वकप सुरुहुनु केही महिनाअघि मेक्सिकोको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका हुन्। उनले यसअघि पाराग्वे, बार्सिलोना, न्युवेल ओल्ड बोइज, अर्जेन्टिना, एटालान्टा युनाइटेडमा प्रशिक्षण गरिसकेका छन्। प्रशिक्षणमा धेरै अनुभव बटुलिसकेका नयाँ मेक्सिकन प्रशिक्षक विश्वकपमा मेक्सिकोलाई प्रमाणित गर्दै आफूलाई पनि फरक ढंगले प्रस्तुत गराउने बताउँछन्।

मेक्सिकन मिडियासँग कुरा गर्दै उनले भनेका  छन्, ʽविश्वकप सुरु  हुनु केही महिना अघिमात्रै मलाई मेक्सिकोको प्रशिक्षक बनाइयो। समय एकदमै कम छ, तर गर्नुपर्ने कुराहरु धेरै छन्। हाम्रो टिमले लगातार रुपमा विश्वकपमा स्थान बनाउँदै आएको छ। तर सदाको भन्दा अहिले हाम्रो टिमले राम्रो नतिजा ल्याउने छ। दर्शकले सिंगो मेक्सिकन टिम र मलाई फरक रुपमा देख्न पाउनेछन्। हामी प्रतियोगितालाई लिएर धेरै उत्साहित छौं। यसपटक मेक्सिकोले ठूलो सफलता हात पार्नेछ।ʼ

विश्वकपमा उत्तर अमेरिकी राष्ट्र
विश्वकपमा सफलताका हिसाबले पछि परेका एसिया र अफ्रिका महादेशसँगै उत्तर अमेरिका पनि हो। अहिलेसम्म कुनैपनि उत्तर अमेरिकी टिमले विश्वकपको फाइनल खेल्न सकेको छैन। विश्वकपको पहिलो संस्करणमा अमेरिकाले सेमिफाइनलसम्मको यात्रा गर्दै तेस्रो स्थान हासिल गरेको थियो। त्यसपछि अहिलेसम्म कुनै पनि उत्तर अमेरिकी राष्ट्रले सेमिफाइनल सम्मको यात्रा गर्न सकेको छैन।  

१७ पटकको सर्वाधिक विश्वकप सहभागितामा मेक्सिकोले सन् १९७० र ८६ मा दुईपटक क्वाटरफाइनल खेलेको छ। त्यो नै उसको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। त्यस्तै ११ पटकको सहभागितामा अमेरिकाले तेस्रो स्थान ल्याउँदा छ पटकको सहभागितामा कोष्टारिकाले एकपटक क्वाटरफाइनलमा स्थान बनाएको छ। यसपटक क्यानडा, मेक्सिको, अमेरिका र कोष्टारिकाले उत्तर अमेरिकाबाट विश्वकप खेल्दैछन्। यसपटक सहभागी सबै टिम उच्च लयमा खेल्नुका साथै र मजबुद टिमका साथ रहेका कारण यसपटक उत्तर अमेरिकी टिमले नयाँ इतिहास रच्ने आशा गरिएको छ।

मेक्सिकन टिम
गोलकिपर: गुइलेर्मो ओचाओ, अल्फ्रेडो टालाभेरा, रोडोल्फो कोटा

डिफेन्डर: जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, हेक्टोर मोरेनो, सेजार मोन्ट्स, गेरार्डो अर्टेगा, जेसस गालार्डो

मिडफिल्डर: आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, एरिक गुटेइरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओर्बेलिन पिनेडा, लुइस रोमो

अट्याकिङः एलेक्सिस भेगा, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो, युरिएल अन्टुना, हेनरी मार्टिन, रोगेलिओ पुनेस मोरी

प्रकाशित: Nov 18, 2022| 08:57 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।