मंगलबार, फागुन १९, २०८२

इरानको व्यस्त बजारमा गोली चल्यो, पाँच जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको जनाको ज्यान गएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको जनाको ज्यान गएको छ।

दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र आतंककारी तत्वहरू’ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमले दाबी गरेका छन्। आक्रमणमा कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ।

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो।

नैतिकतासम्बन्धी प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भइसकेको छ। उक्त आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन।

प्रकाशित: Nov 17, 2022| 07:36 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।