मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बर्लिन चुनावमा धाँधली भएको अदालतको ठहर, पुन: मतदान गर्न आदेश

बर्लिन चुनावमा धाँधली भएको अदालतको ठहर, पुन: मतदान गर्न आदेश

अदालतका मुख्य न्यायाधीश लुडगेरा सेल्टिङले भने, 'राज्य विधायिका र सम्पूर्ण निर्वाचन क्षेत्रका लागि (१२) जिल्ला परिषद्को निर्वाचनलाई अमान्य घोषित गरिएको छ।'
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

बर्लिन- जर्मनीको संवैधानिक अदालतले १४ महिनाअघि बर्लिन राज्यमा सम्पन्न निर्वाचनको परिणाममा ‘व्यवस्थित त्रुटि’ भएको भन्दै पुनः मतदान गर्ने आदेश बुधबार दिएको छ। सन् २०२१ को सेप्टेम्बर २६ मा भएको मतदानमा जर्मनीको राजधानी बर्लिनले आधारभूत ‘लोकतान्त्रिक’ मापदण्ड पूरा गर्न नसकेको ठहर गरेको हो।

अदालतका मुख्य न्यायाधीश लुडगेरा सेल्टिङले भने, 'राज्य विधायिका र सम्पूर्ण निर्वाचन क्षेत्रका लागि (१२) जिल्ला परिषद्को निर्वाचनलाई अमान्य घोषित गरिएको छ।'

जर्मनीका तत्कालीन चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीको निर्णयका लागि भएको आम निर्वाचन र शहरको विशाल म्याराथुन निर्वाचनको दिन गरिएको र यसले मतदानको निष्पक्षताबारे प्रश्न उठाउँदै अदालतमा मुद्दा दायर भएको थियो। मतदान केन्द्रबाहिर लामो लाइन लाग्नु, मतपत्र हराउनु र अस्तव्यस्त मतदान प्रक्रिया भएको समेत उजुरीमा उल्लेख थियो। 

सेल्टिङले ‘चुनावी त्रुटिहरूको गम्भीरता’ ले निर्वाचनको पुनरावृत्तिको ‘आवश्यकता’ बनाएको र ‘निर्वाचनको तयारीमा व्यवस्थित त्रुटिहरू’ भएका रिपोर्टबारे दुःख व्यक्त गरेका छन्। 

संघीय संवैधानिक अदालतको निर्णयपछि बर्लिनमा फेरि मतदान गर्न आह्वान गर्न सकिने व्यवस्था छ। 

kumari

यसअघि सन् १९९१ मा ह्याम्बर्गमा भएको मतदानमा अनियमितता भएको पाइएपछि अमान्य घोषित गरिएको राज्यको निर्वाचनलाई अमान्य घोषित गरिएको थियो। जर्मनी युद्धपछिको इतिहासमा चुनावमा धाँधली भएको ठहर भएको यो दोस्रो घटना हो।

प्रकाशित: Nov 16, 2022| 22:50 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।