आइतबार, भदौ २१, २०८३

एमाले उपाध्यक्ष पौडेलविरुद्ध खुल्यो लौरो अभियान, खाणको उपस्थितिमा पत्रकार सम्मेलन

बुधबार गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले गठबन्धनलाई समर्थन गरेको घोषणा गरेको हो।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

बुटवल- लौरो अभियानले रूपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेद्वार केशवबहादुर थापा सूर्यवंशीलाई समर्थन गर्ने निर्णय गरेको छ। लौरो चुनाव चिन्हमार्फत रूपन्देही-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी दिएका डा कमल (निकोलस) भुसालको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उपाध्यक्षसमेत रहेका विष्णु पौडेलविरुद्धका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। बुधबार गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले गठबन्धनलाई समर्थन गरेको घोषणा गरेको हो। 

भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि सर्वोच्च अदालतले सदर गरेको थियो। यद्यपि भुसालको अभियानले पौडेलविरुद्धका उम्मेदवार सूर्यवंशीलाई गरेको हो। यसअघि सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार भएका राजु गुरूङको उम्मेद्वारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीलाई समर्थन गरेको थियो। 

पत्रकार सम्मेलनमा रूपन्देही-३ का प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेस उम्मेद्वार बालकृष्ण खाणले लौरो अभियानले समेत समर्थन गरेकाले आफूहरूको जित सुनिश्चित भएको बताए। विपक्षीले दिग्भ्रमित हुने गरी प्रचार गरेको आरोप लगाउँदै उनले सत्यको पक्षमा परिणाम आउने जिकिर गरे। 

वामपन्थी शक्ति र कांग्रेसबीच एकता तथा सहकार्यले मात्र मुलुक परिवर्तन सम्भव भएको बताउँदै उनले संविधान, गणतन्त्र र संघीयताको रक्षा गठबन्धनले गर्ने उल्लेख गरे। 

रूपन्देहीको विकासमा एमालेको भूमिका नदेखिएको भन्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास र उद्घाटनमा नदेखिएको बताएका थिए। सिद्वबाबा सुरूङमार्ग निर्वाचन सकिएको एक महिनाभित्रै शिलान्यास गरिने गृहमन्त्रीसमेत रहेका खाणले आश्वासन दिएका थिए। 

रूपन्देही-२ मा गठबन्धनको समेत समर्थन पाएका सूर्यवंशीले लौरो अभियानले समेत साथ दिएर बुटवलबासीको चाहनालाई सम्बोधन गरेको बताए। एमाले विष्णु पौडेल विवादित र परीक्षित भई असफल भएकाले यो पटक आफूहरूको जित सुनिश्चित भएको दाबी गरे। 

प्रकाशित: Nov 16, 2022| 20:30 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...