आइतबार, भदौ २१, २०८३

रसुवामा दुईवटा अस्थायी मतदान केन्द्र थपिए

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

रसुवा- जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई  मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं  जिल्ला समन्वय समितिको परिसरमा एक/एक वटा अस्थायी मतदान केन्द्र  राख्ने निर्णय भएको  जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र  जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै  निजामती  कर्मचारी  मतदान गर्न पाउने छन्। 

समानुपातितर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतिमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुञ्चे क्षेत्रमा रहने करिब  ५० प्रतिशत  राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी  थापाले बताए।

यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ। तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै  शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिएका थिए।

मङ्सिर ४ गते समानुपातिकका अस्थायी मतदाताबाहेक रसुवा जिल्लाको भू-भागमा स्थायी बसोवास गरेका कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ने  जनाइएको छ। जिल्लाको दूरदराजको क्षेत्र लाङ्टाङ्गो मुण्डुमा रहने मतदानका लागि राष्ट्रसेवक कर्मचारी आज बिहान प्रस्थान गरेका छन्।

दुई दिनको पैदल दूरी पश्चात् पुग्न सकिने सो क्षेत्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री आवश्यक सुरक्षाका साथ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभित्रका ५२ वटै मतदान केन्द्रमा १ गतेसम्म मतदानका लागि खटिएका सबै कर्मचारी एवं सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ।  

यस्तै निर्वाचनको सन्दर्भमा महिला सहभागिताको बारेमा अनुगमन गर्न महिला आयोगको एक टोलीले रसुवाको अध्ययन भ्रमण सम्पन्न गरेको छ। महिला आयोगका अध्यक्ष कमला पराजुली सहितको एक टोलीले रसुवा जिल्लाको राजनीतिमा महिलाको पहुँच, महिला हिंसाको अवस्था, राज्यबाट दिने सेवा सुविधा, शिक्षा स्वास्थ्य, जस्ता विषयमा अवलोकन गरेका थिए। विशेषगरी महिला आयोगका अध्यक्ष पराजुलीसहितको टोलीले हिमाली क्षेत्रका महिलाको स्वास्थ्य अवस्था र उपचारको पहुँचका बारेमा जिल्ला अस्पतालसँग परामर्शसमेत गरेको थियो।

परामर्श छलफलमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ति भुर्तेल र महिला आयोगबीच अबका दिनदेखि महिलालाई गरिएको उपचार सेवा छुट्टै अभिलेख राख्ने र सामान्य उपचार, महिला हिंसा बलात्कार वा अन्य के कस्तो अवस्थाबाट कस्तो खाले उपचार गरियो अस्पतालले अभिलेख बनाई सुरक्षित राख्ने सहमति भएको जनाइएको छ।    -रासस

प्रकाशित: Nov 16, 2022| 17:23 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...