शुक्रबार, मंसिर १२, २०८२

ओलीको घमन्ड ४ मंसिरमा सकिन्छ : निधि

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको घमण्ड मंसिर चार गते जनताले अन्त्य गर्ने बताएका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

बुटवल– नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको घमण्ड मंसिर चार गते जनताले अन्त्य गर्ने बताएका छन्। उनले दुई तिहाइ मत पाएर संसद् विघटन गरेर संविधान, गणतन्त्र, संघीयता र समावेशिता अन्त्य गर्न खोजेको आरोप लगाए। उनले ओलीकै कारण नागरिकता विधेयक गठबन्धन सरकारले ल्याउने बताए।

National life

लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ५ ले बुधबार सालझन्डीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धन सरकारले मात्रै संविधान, संघीयता र समावेशिता बचाउने उनले बताए। उनले अहिले एमालेका कारण संविधान जोखिममा परेकाले गठबन्धन बनाउनुपरेको बताए।  

उनले समावेशिताको विषयमा एमाले विरोधी भएको समेत बताए। महिलाहरूलाई अनिवार्य सहभागिता बनाउनका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण उनले गरे । 

सभामा नेकपा माओवादीका पोलिटब्युरो सदस्य हकिकुल्लाह खाँले व्यवस्था परिवर्तन गरेकाले अब अवस्था परिवर्तन गर्न गठबन्धन गर्नुपरेको बताए। 

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५  प्रतिनिधिसभा सदस्य पदका गठबन्धनका साझा उम्मेदवार भरत कुमार शाहले विकास भौतिक रूपमा देखिएको बताए। उनले रूपन्देही ५ मा जनताको समस्या र विकास नै आफ्नो प्राथमिकतामा रहेको बताए।

Laxmi sunrise bank
kumari

लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्र ५ (१) का उम्मेद्वार विनोद पहाडीले विपक्षी एमालेका भूमिश्वर ढकालले व्यक्तिगत स्वार्थका लागि बुटवलबाट राजधानी दाङ सारेको बताए। उनले रूपन्देहीका जनतालाई ढाँटेर व्यक्तिगत लाभका लागि लाग्ने नेतालाई जनताले चिन्ने दिन आएको बताए। 

प्रकाशित: Nov 16, 2022| 15:48 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।