बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भोजपुरमा प्रचण्ड सहभागी कार्यक्रम स्थल नजिक बम विस्फोट, किराँती भन्छन्– एमालेले गराएको हो

भोजपुरमा प्रचण्ड सहभागी कार्यक्रम स्थल नजिक बम विस्फोट, किराँती भन्छन्– एमालेले गराएको हो

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको छ। बुधबार दिउँसो भोजपुरको तिवारीभन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो। 

National life

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन्।

यसैबीच, नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य तथा भोजपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदन किराँतीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन्। 

‘हामीले तिवारीभन्ज्याङमा चुनावी सभा राखेका छौं। कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो। विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो। चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ।’

Laxmi sunrise bank

भोजपुरमा माओवादीका किराँती र एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा छ।

प्रकाशित: Nov 16, 2022| 15:22 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।