मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • स्वतन्त्र उम्मेदवारले प्रभावित पार्न सक्छन् सुनसरी–१ र ४ को चुनावी परिणाम

स्वतन्त्र उम्मेदवारले प्रभावित पार्न सक्छन् सुनसरी–१ र ४ को चुनावी परिणाम

दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको जित्ने आधार भएको बताउँछन्।
 |  बिहीबार, मंसिर १, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बिहीबार, मंसिर १, २०७९

इटहरी– नेकपा एमालेले टिकट नदिएपछि बागी उम्मेदवार बनेका मनोजकुमार मेन्याङ्बोले सोमबार धरानमा चुनावीसभा गरे। सुनसरी क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका उनले ठूला पार्टीका नेताले यस क्षेत्रका जनताको हुर्मत लिएको टिप्पणी गर्दै परिवर्तनको पक्षमा लाग्न मतदातालाई आह्वान गरे।

triton college

यस क्षेत्रमा एमालेले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेर अशोक राईलाई उम्मेदवार बनाएको छ। कांग्रेसले पनि माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनमा मुक्साहाङ मेन्याङबोलाई उम्मेदवार बनाएको छ। त्यसबाहेक अन्य स्वतन्त्र उम्मेदवारले पनि दाबी प्रस्तुत गरेका छन्। 

केन्द्रका ठूला नेताले चासो नदिएर धरानको विकास नभएको बताउँदै उनले गठबन्धनको नाममा कार्यकर्ता र जनताको भावनालाई आघात पु¥याएको आरोप लगाए। सुनसरी–१ मा कांग्रेस–एमाले कार्यकर्ताले आफ्नो नेता निर्वाचित गर्ने अधिकार नरहेको भन्दै दुवै पार्टीमा असन्तुष्टको भोट आफूमा आउने बताए। जनतालाई एमालेमा नफर्कने विश्वास उनले दिलाए। भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई बाँकी  नराख्ने प्रतिबद्धता उनले जनाए। 

धरानका बुद्धिजीवी, अभियन्ता, कलाकर्मीदेखि उद्योगी, व्यवसायीको साथ पाएका मनोज चुनाव जित्ने गरी तयारीमा छन्। राजनीतिक पार्टीले बलजफ्ती उठाएका उम्मेदवार मात्र विकल्प नभएको भन्दै उनले परिवर्तनको पक्षमा लाग्न मतदातालाई आग्रह गरिरहेका छन्।

२०७६ मा परिवर्तनको पक्षमा मत माग्दै कांग्रेसका तिलक राई मेयरमा निर्वाचित भए। त्यसपछि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकै पक्षमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भए। धरानले बारम्बार परिवर्तनको पक्षमा मत दिएको स्मरण गर्दै मनोजले सोही रणनीति अपनाएका छन्। 

Metro Mart
vianet

केही दिनअघि एमाले र जसपा गठबन्धनको पक्षमा मत माग्न धरान पुगेका अध्यक्ष केपी ओलीको भाषणले समेत मनोजलाई फाइदा पु¥याएको छ। मेयर साम्पाङविरुद्ध उनले गरेको टिप्पणीबाट एमालेको मत खच्किएको अनुमान गरिएको छ। स्वतन्त्र उम्मेदवारको प्रचार बढिरहेका बेला ओलीले गलत व्यक्तिलाई मत दिएको बताएपछि मनोजलाई फाइदा पुग्ने बुझिएको छ। 

मनोजको चुनावी अभियानमा लागेका सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक ताम्राकार धरानको विकासका लागि विकल्प खोजिएको बताउँछन्। विगतमा पनि मनोजले धरानको पहिचान झल्किने घन्टाघर निर्माणदेखि धरानलाई नमुना सहर बनाएकाले समर्थन गरेको उनको भनाइ छ। 

मनोजले विकास निर्माणमा जनसहभागिता सुरु गरेको र लागूऔषध दुव्र्यसनीविरुद्ध अभियान चलाएकाले सफल नेता भएको ताम्राकारको टिप्पणी छ। 

भर्खरै एमालेबाट कारबाहीमा परेका राजकुमार कार्की मनोज जत्तिको विकल्प दिने उम्मेदवार नभएको बताउँछन्। निष्ठाको राजनीति गर्ने कार्यकर्ताको मत  कुँडिएको भन्दै उनले अब मनोजको जित निर्विकल्प भएको प्रस्ट पारे। एमाले र कांग्रेसका आफ्नै उम्मेदवार नभएका कारण जित निश्चित भएको उनको तर्क छ। 

खरायो चुनाव चिन्ह लिएर चुनावमा होमिएका उनी धरानमा उपमेयर र मेयरको सफल कार्यकाल सम्पन्न गरेका नेता हुन्। धरान उप–महानगरका २० वडा र वराहक्षेत्रका ५ र रामधुनीको एउटा वडामा फैलिएको सुनसरी क्षेत्र–१ मा उनको उम्मेदवारीलाई बलियो दाबेदारीको रूपमा हेरिएको छ। एमाले र कांग्रेसभित्रको विद्रोही मत र स्वतन्त्र मत पाउने गरी उनले चुनावी रणनीति बनाएका छन्। 

दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको जित्ने आधार भएको बताउँछन्।

मनोजकै हिसाबमा प्रभाव बढाइरहेका छन्, सुनसरी–४ का स्वतन्त्र उम्मेदवार डा. खालिद हुसैन। स्थानीय स्तरमा समाजसेवीको छवि बनाएका उनी प्रभावशाली उम्मेदवारको रूपमा उदाएका छन्। जसपाको केन्द्रीय सदस्यसमेत रहेका उनले बागी उम्मेदवारी दिएका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धनबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन्। यसअघि एमाले र माओवादी गठबन्धनलाई पराजित गरेका कार्कीलाई यस पटकको चुनाव चर्को पर्ने देखिन्छ। एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार जगदीश कुसियैतले स्थानीय मुद्दा उठाएर चुनावी अभियान तीव्र बनाएका छन्। कार्की भोजपुरबाट आएका टुरिस्ट उम्मेदवार भएको आरोप लगाउँदै एमाले गठबन्धनले स्थानीय नेतालाई विजयी गराउनुपर्ने अभियान चलाएको हो।

गठबन्धनमा नेकपा एकीकृत समाजवादी र माओवादीभन्दा जसपा धेरै बलियो शक्ति भएका कारण एमाले उम्मेदवार हौसिएका छन्। जसपालाई क्षेत्र–१ को प्रतिनिधिसभा र ४ को १ प्रदेशसभा दिएर एमालेले गठबन्धन गरेको छ। स्थानीय तहको मत परिणाम हेर्दा जसपा ४ नम्बरमा तेस्रो शक्तिको रूपमा देखिन्छ। 

खालिद हुसैनले कांग्रेस र जसपाका बढी मत प्रभावित पार्ने प्रस्ट छ। एमालेको संगठित मत दायाँबायाँ नहुने भएपछि हुसैनले कांग्रेस र जसपा केन्द्रित अभियान चलाएका छन्। हरिनगर पालिकाका नेकपा एकीकृत समाजवादीका नेता जावेद आलम हुसैन समाजसेवी भएका कारण धेरै मत पाउने बताउँछन्। हुसैनले मदरसा, मन्दिरदेखि मस्जिद निर्माणसम्ममा धेरै योगदान पु¥याएको बताए। मदरसामा सीपमूलक शिक्षाको अभियान चलाएका हुसैनले हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरसमेत रहेका उनी स्थानीय स्तरमा परिचित नेता हुन्। शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चुनावी अभियान अगाडि बढाएका उनले गरिबी हटाउन सीप र शिक्षालाई प्राथमिकता दिइनुपर्ने बताउँछन्। कोसी, हरिनगर र भोक्राह नरसिंह गाउँपालिका केन्द्रित उनको अभियानले परिणाममा समेत प्रभाव पार्ने देखिन्छ। हुसैनले जसपाको अधिकांश मत आफूतिर तान्दा कांग्रेसले आफ्नो मत जोगाउन सके कार्की विजयी हुने बाटोमा छन्। तर हुसैनले जसपाको केही र कांग्रेसको पनि मत तान्न सके परिणाम फरक हुन सक्ने अनुमान गरिएको छ। माओवादी केन्द्र र नेकपा एसको मत कांग्रेस उम्मेदवार कार्कीका लागि आवश्यक पर्नेछ। 

एमालेका स्थानीय नेता मुस्ताक अन्सारी यस पटक कुसियैतले जित्ने आकलन गर्छन्। विगतमा एमालेको कमजोर उम्मेदवार भएको र तालमेल पनि नभएका कारण कांग्रेस विजयी भएको उनको बुझाइ छ। एमालेकै उम्मेदवार कुसियैत पनि मत जोगाउन सके जित्न सक्ने विश्वास व्यक्त गर्छन्।

कार्कीका चुनावी अभियन्ताले भने कांग्रेसका असन्तुष्ट कार्यकर्ताको व्यवस्थापनदेखि जसपा र एमालेको मत आकर्षित गर्ने रणनीति बनाएका छन्। विकास निर्माणमा कार्कीले गरेको योगदानलाई प्रचार गर्दै आगामी योजनाबारे जनतासमक्ष पुगिरहेको छ, कांग्रेस। श्रीलंका टप्पुमा बिजुलीबत्ती व्यवस्थापन गरेको, सडक तथा सार्वजनिक भवन निर्माणमा मन्त्री कार्कीले गरेको योगदानबारे कांग्रेसले बुझाउने प्रयास गरिरहेको छ।  

प्रकाशित: Nov 17, 2022| 12:22 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।