मंगलबार, जेठ १९, २०८३

पर्सामा १५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक वीरगन्जमा पक्राउ परेका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक वीरगन्जमा पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षीय इजाजत अहमद छन्। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा बीओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार ती अभियुक्तले आफूले निर्वाचन शिक्षाका लागि मतपत्र ल्याएको दाबी गरिरहेका छन्। तर कुन दल वा व्यक्तिका लागि ल्याएको भन्ने उनले नखुलाएको डीएसपी गिरीले बताए। 

मतपत्रमा कुनै दलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएको छैन। निर्वाचनको ४ दिनअघि मात्रै भारतबाट नक्कली मतपत्र आएपछि उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था बढाएको छ। पक्राउ परेका अहमदलाई जिल्ला निर्वाचन अधिकृत प्रमुख र प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा अनुसन्धान भइरहेको जानकारी डीएसपी गिरीले दिए।

Shivam cement

प्रकाशित: Nov 16, 2022| 14:52 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।